२०८१ साउन ९ गते बुधवार

होलेरीमा छाडा पशुचौपाया नियन्त्रण गरिने

नन्दराम खड्का,होलेरी माघ,१९ । होलेरीमा छाडा पशुचौपाया नियन्त्रण गरिने भएको छ ।

आइतबार बसेको बजार ब्यबस्थापन समितिको बैठकले बजार क्षेत्रमा जथाभावि छोडिने सुँगुर,गाई,बाख्रा नियन्त्रण गर्ने निर्णय गरेको छ ।

छाडा पशुचौपायाले बजार कुरुप देखिनुका शाथै दुर्घटनाको समेत जोखिम बढाएको हुँदा नियन्त्रण गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

छाडा चौपायाले बजारमा मानिसहरुलाई आक्रमण गर्ने तथा त्यसवाट सवारी दुर्घटनाको जोखिम बढेको हुँदा छाडा चौपाया नियन्त्रण गर्ने निर्णय भएको होलेरी बजार ब्यबस्थापन समितिका अध्यक्ष भुपाल बस्नेतले जानकारी दिए।

छाडा पशुचौपाया नियन्त्रणका साथै बैठकले खानेपानी तथा सरसफाई कार्यालय स्थापना गर्ने,सेनेटरी प्याड ब्यबस्थापनका लागि खाडल ब्यबस्थापन गर्ने, सार्बजनिक सवारीहरुमा डष्टविन राख्न लगाउने लगाएतका प्रस्तावहरु गरेको छ ।

होलेरी बजार रुण्टीगढी गाउँपालिकाको मुख्य बजार र केन्द्रबिन्दु मात्र नभई प्युठान,रुकुम सल्यान जाने प्रवेशद्वार समेत हो।

 

 

प्रकाशित मिति : २०७६ माघ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *