दाङ,माघ ३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिवार दाङ आउने भएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले आइतवार घोराहीमा हुने अधिकारकर्मीको कार्यक्रमलाई सम्वोधन गर्ने छन् ।
शनिवार दाङ आएपछि उनी तुलसीपुरमा बस्ने गरि कार्यक्रम तय भएको प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए ।
‘सभापतिज्यू माघी मनाउन र जिल्लामा हुने अधिकारकर्मीको कार्यक्रमलाई सम्वोधन गर्न दाङ आउन लाग्नु भएको हो,’ नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले भने ‘ उहाँ भोलि तुलसीपुरमै बास बस्नु हुनेछ ।’
प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार