२०८२ असार ३१ गते बुधवार

राजकुमार श्रेष्ठ र रणबहादु घर्ती अपहरण÷हत्या काण्डमा अदालतको फैसला


दाङ, पुस २३ । दाङ तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठ र घोराहीका युवा रणबहादुर घर्तीको अपहरण तथा हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्य आठ जना कारागार चलान भएका छन् ।

पक्राउ परेका मध्य तीन जनालाई भने अदालतले सफाई सफाई दिएको छ ।
जिल्ला अदालत सल्यानले हालसालै गरेको फैसला अनुसार तुलसीपुरका प्रतिष्ठित व्यापारी ५३ बर्षीय श्रेष्ठ र घोराहीका ३० बर्षीय घर्तीको अपहरण र हत्या काण्डमा संलग्नहरु मध्य कसुर अनुसार ९ बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको छ ।

घटना भएको करिब साढे दुई बर्षपछि जिल्ला न्यायधिश कुलप्रसाद केसीको इजलाशले घटनाका मुख्य योजनाकार भनिएका तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजार निवासी ३९ बर्षीय टीकाराम घर्तीलाई जन्मकैदको फैसला सुनाएको छ । अपहरण तथा शरिर बन्धक मुद्दामा दश–दश वर्ष गरि २० बर्ष जेल सजाय र ५० हजार जरिवानाको फैसला सुनाएको अदालतका श्रेष्तेदार दीपक पोखरेलले जानकारी दिए ।

उक्त घटनामा संलग्नहरु मध्य कमल भनिने अबिरल महतरालाई ज्यान मुद्दामा पाँच वर्ष र अपहरण मुद्दामा थप ११ बर्ष समेत गरि १६ बर्ष कारावासको सजाय तोकिएको छ । महरालाई पनि ५० हजार जरिवाना तोकिएको छ । त्यस्तै रमेश भनिने मनबहादुर पुन, रुगत थापा,मानबहादुर भण्डारी र नारायण वलीलाई ज्यान मुद्दामा समान ५÷५ बर्ष ,अपहरण मुद्दामा थप १०÷१० बर्ष गरेर १५ वर्ष कारावासको सजाए र ५० हजार जरिवानाको फैसला भएको जिल्ला अदालत सल्यानका श्रेष्तेदार पोखरेलले बताए ।

तत्कालिन समयमा व्यापारी श्रेष्ठलाई अपहरण गर्न ‘हनी ट्रयापर’को रुपमा प्रयोग भएकी भनिएकी १८ बर्षीया किशोरी पूजा घर्तीलाई ज्यानकेसमा सफाई दिएको अदालते अपहरण मुद्दामा दशवर्ष कैद सजाए तोकेको छ । पूजालाई ५० हजार जरिवानाको फैसला समेत सुनाएको जिल्ला अदालतका श्रेस्तेदार पोखरेलले बताए । पूजा जन्मकैदको सजाय पाएका दीपक घर्तीकी छोरी हुन ।

श्रेष्ठको अपहरण र हत्या काण्डमा सम्लग्न मध्य सबैभन्दा कम ७ बर्षको सजाए तोकिएको छ । पूजाका मामा भनिएका बिरे घर्तीलाई ज्यान केसमा सफाई दिइएको छ भने अपरहण मुद्दामा ७ बर्ष काराबास सजाए र ५० हजार जरिवानाको फैसला जिल्ला अदालतले सुनाइएको छ ।

३ जनाले सफाई पाए
अपहरण र हत्याकाण्मा संलग्न रहेको अभियोगमा पक्राउ परेका मध्य दाङका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको छ । अदालतले पुस ४ गते कसुर निर्धारण गरिसकेको थियो भने पुस १५ गते सजाय निर्धारण गरेको हो ।

तत्कालिन दाङ जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहसहितको प्रहरीको अनुसन्धान टोलीले प्रतिष्ठित व्यापारी श्रेष्ठ अपहरण र हत्या काण्ड घटनामा मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसमध्य ११ जना मात्रै हालसम्म पक्राउ परेका छन् । बाँकी तीन जना अझैं फरार कै सूचिमा रहेका छन् ।

प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते तुलसीपुरवाट अपहरण गरि सल्यान पु¥याएर घना जंगलमा हत्या गरेको अवस्था शव फेला परेको थियो । अपहरण गरेको तीन दिनपछि जेठ २९ गते नै श्रेष्ठको हत्या भएको भएपनि शव भने २२ दिन पछि मात्रै फेला परेको थियो । शव सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ४ झिम्पेकोे ओडारमा फेला परेको हुँदा मुद्दापनि जिल्ला अदालत सल्यानले हेरेको थियो ।

जो अनाहकमा मारिएका थिए
तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठसँगै दाङको घोराहीका अर्का युवा रणबहादुर घर्तीले अनाहकमा हत्या भएको थियो । तत्कालिन सयमा प्रहरी अनुसन्धानले पोल खुल्ने त्रासले उनको हत्या भएको एसपी धिरजप्रताप सिंहले बताएका थिए ।

‘अनुसन्धानवाट श्रेष्ठलाई अपहरण गर्ने अपहरणकारीहरुले घर्तीलाई अपहरण र हत्या गर्ने कुनै पूर्वयोजना नै नरहेको खुल्न आएको छ,’ तत्कालिन एसपी सिंहले भनेका थिए ‘ यात्राका क्रममा संयोगवस अचानक घटनास्थलमा घर्ती पुगेपछि गोपनीयता खुल्ने त्रासले उनलाई पनि श्रेष्ठका अपहरणकारीले सँगसँगै लगेको देखिन आएको छ।’

घर्तीको शव २८ दिनपछि सोही जंगलमा फेला परेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का तत्कालिन एसपी दिवेश लोहनीले पनि सोही कुरा बताएका थिए ।

यसरी अपहरणमा परेका थिए घर्ती
‘दाङवाट आउँदै गरेको राजकुमार श्रेष्ठको कारलाई ढुकेर बसिरहेका अपहरणकारीहरुको फन्दा व्यापारको सिलसिलामा रुकुम जाँदै गरेका रणबहादुर घर्ती एक्कासी त्यहाँ पुगे,’ एसपी लोहनीले भनेका थिए– ‘श्रेष्ठलाई ढुकेर बसेका अपहरणकारीलाई घर्तीले चिनेका रहेछन्, त्यही चिनजानका कारण पोल खुल्ने त्रासले घर्तीपनि अपहरणमा परेको खुलेको छ । नचिनेको भए घर्ती बच्न पनि सक्थे।’

२०७४ साल जेठ २६ गते साँझ साढे ६ बजेतिर तुलसीपुरवाट आफ्नै कारणमा ‘हनी ट्रयापर’को रुपमा पूजा घर्तीलाई प्रयोग गरि प्रतिष्ठित व्यापारी घर्तीको अपहरण भएको थियो । सोही समयमा घोराहीका युवा व्यापारी रणबहादुर घर्ती रुकुममा काम गरिरहेको डोजरको रकम संकलन गर्न तथा अन्य व्यापारिक कामका त्यता जाँदै थिए । उनी भारतीय नम्बर प्लेटको गाडी चढेर त्यता गइरहेको समयमा एकाएक अपहरणकारीको फन्दामा परे ।

साँझ ८ बज्नै गर्दा सल्यानको कपुरकोट बजार भन्दा झन्डै ४ किलोमिटर पर जंगल पुग्नेबित्तिकै घर्ती चढेको कारलाई अपहरणकारी एउटा समूहले बीचमा रोक्यो। त्यो कारलाई राजकुमार श्रेष्ठको कार ठानेर अपहरणकारीले रोकका थिए । ‘कार रोक्ने मध्य एकजनालाई घर्तीले सोल्टी यार मलाई चिन्नु भएन, भन्दै परिचिए दिएपछि पोल खुल्ने त्रासले उनलाई अपहरणकार समुहले अपहरण गरेका अनुसन्धानले खुलेको छ,’ तत्कालिन समयमा एसपी सिंहले भनेका थिए ।

ती अपहरणकारीले घर्ती सवार कारमा संगै यात्रारत दुई जना भारतीय भारतीय नागरिकलाई भने केही नगरेरै छोडेका थिए ।

घर्तीको शव तुलसीपुरका श्रेष्ठको शव फेला परेकै जंगलमा २८ दिनपछि फेला परेको थियो । सुरुमा प्रहरीले हत्या गरिएका घर्तीलाई पनि श्रेष्ठको अपहरणमा संलग्न रहेको हुन सक्ने आशंका गरेको थियो ।
तुलसीपुरका प्रतिष्ठित व्यापारीको अपहरणमा पर्नु भन्दा एक वर्ष अगाडि तुलसीपुरकै बसपार्क क्षेत्रवाट अज्ञात समुहले ३१ लाख नगद भारतीय रकम लुटपाट भएको थियो ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *