२०८२ असार २७ गते शनिवार

फिरौति बाफतको रकम बुझ्दै गर्दा एक व्यक्ति पक्राउ

दाङ,पुस १६ । रोल्पाका राजकुमार दमाईलाई प्रहरीले फिरौति बाफतको रकम बुझ्दै गर्दा बधुवार घोराहीबाट पक्राउ गरेको छ । रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ राङकोट निवासी ३४ बर्षीय दमाईले दाङ घोराहीका एकजना व्यक्तिलाई डर धम्कि देखाउँदै विगत एक हप्ता दिन अगाडिदेखि १३ लाख रुपैंया फिरौति बाफत माग्दै आएका थिए ।

घोराही उपमहानगरपालिका वडा नं. १५ वीपी चोक निवासी एकजना ४८ बर्षीय व्यक्तिलाई दमाईले फोनमा डर त्रास देखाउँदै निरन्तर फिरौति रकम माग्दै आएका थिए । पीडित व्यक्तिले त्यो कुरा प्रहरी भनेपछि अनि प्रहरीको योजना अनुसार सम्वन्धित व्यक्तिले बुधवार बेलुका पहिलो पटक ३ लाख रुपैंया दिने भन्दै दमाईलाई बोलाएका थिए ।

तर त्यो रक मभने सक्कली थिएन । योजना अनुसार नक्कली पैंशाको ३ लाख गड्डी तयार पारेर दमाईलाई बोलाइएको थियो । त्यही फिरौति बाफत बुझ्दै गर्दा जिल्ला प्रहरीको विषेश टोलिले दमाईलाई बेलुका ५ बजे घोराहीवाट पक्राउ गरेको हो ।

पक्राउ परेका दमाईको साथवाट एकथान नलकटुवा पेस्तोल,त्यसको एकथान गोली र एउटा मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । पक्राउ परेका व्यक्तिलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ पुष १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *