यमकला भुसाल,तुलसीपुर,पुस १५ । बढ्दो बालबिवाह न्युनिकरण गर्न प्रचलित कानुनमा एकरुपता कायम गरिनुपर्ने एक कार्यक्रमका बक्ताले जोड दिएका छन ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) दाङले तुलसीपुमा आयोजना गरेको बालविवाह सम्बन्धी हाल भएका कानुनी तथा सामाजिक अवरोध र यसले किशोरकिसोरीहरुको समग्र जिवनमा पारेको प्रभाव विषयक कार्यशाला गोष्ठीमा बोल्ने बक्ताहरुले बालविवाह अन्त्यका लागी सबै विकास नितिहरुमा मुख्य आधार मानी एक महत्वपुर्ण एजेण्डाका रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायीक समिति संयोजक माया शर्माले कानुनी ज्ञानको कमीले गर्दा जिल्लामा बालविवाहको अवस्था बढ्दो क्रममा रहेको बताइन ।
दिनानुदिन बढीरहेको बालविवाहलाई रोक्न स्थानीय तहले बालबिवाह सम्बन्धी बनेका ऐन,कानुनको ब्यवहारीक जोड दिने र नयाँ र प्रभावकारी कार्यक्रम र रणनिति अबलम्वन गर्ने प्रतिबद्धता समेत जनाइन । ।
महिला पुर्नस्थापना केन्द्र (ओरेक) का केन्द्रिय कार्यकारी सदस्य टिका दाहालको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्रीका प्रशिक्षक एवं पत्रकार दुर्गालाल केसीले बालबिवाह सम्बन्धी नेपालमा थुप्रै कानुनी प्रावधानहरु बनेता पनि बालबिवाहका घटनाहरु कमी आउन नसकेको बताए । अहिले पनि दक्षिण एशियामा बंगलादेश र भारतपछि बालविवाह हुने देशहरुमा नेपाल तेस्रो नम्बरमा छ ।
एक तथ्याङ्क अनुसार राष्ट्रिय जनगणना २०६८ पछि दाङमा विवाह सम्बन्धी कुनै भरपर्दो सर्वेक्षण भएको देखिदैन । त्यस समयमा दाङ जिल्लाका १० बर्ष माथिका कुल ४ लाख ३० हजार ६ सय ७ जनामा १ हजार १ सय ७० जनाले १० बर्ष नपुग्दै विबाह गरेको थिए ।
यसमा १ हजार २१ जना महिला र १ सय ४९ जना पुरुष थिए । यसैगरी २७ हजार ९ सय ८० अर्थात करिव ७ प्रतिशतले १० बर्ष देखी १४ बर्षको उमेरमा विवाह गरेका थिए । यसैगरी १ लाख ५७ हजार ४ सय ६७ जना अर्थात ३७ प्रतिशतले १५ देखी १९ बर्षको अवधीमा विबाह गरेका थिए ।
लैगिंक रुपमा हेर्दा बालविवाह गर्नेहरुमा बालिकाको सङ्या बढ्दो देखिएको छ । जसमा ८७ प्रतिशत बालिकाको सङ्या छ भने १३ प्रतिशत बालकको सङ्या छ ।
कार्यक्रममा अधिबक्ता किरण पौडेलले पछिल्लो समय विद्यालयहरुमा बालबिवाह बढी हुने गरेको बताए । उनले यसलाई रोक्न एक विद्यालय,एक बालमनोबिमर्शकर्ताको ब्यवस्था गरिनुपर्ने धारणा राखे ।
त्यस्तै इन्सेक दाङका बिनोद केसीले पछ्रिल्लो समय बालबिवाहको अवस्था जटिल गएको भन्दै यसलाई रोक्न सबै सरोकारवाला एक हुनुपर्नेमा जोड दिए ।
सो अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य यमुना परियार,पशुपति मा.वि प्रध्यानाध्यापक रुद्र बहादुर डाँगी,शिवशक्ती मा.विका खेमबहादुर खत्री लगाएतले सामाजिक सास्कृति,धार्मिक,राजनिति,आर्थिक कारणले गर्दा बालबिवाहको अवस्था बढ्दो क्रममा रहेको बताए ।
कार्यक्रमको सहजीकरण ओरेक दाङका कार्यक्रम अधिकृत दिपा धितालले गरेकी थिइन ।