२०८२ साउन १ गते बिहिवार

तुलसीपुरमा नगरस्तरीय पर्यटन प्रर्बद्धन समिति

तुलसीपुर,पुष ८ । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको घुम्न जाउँ तुलसीपुर अभियानलाई लक्षित गरेर तुलसीपुर नगरस्तरिय पर्यटन प्रवद्र्धन समिति वनाइएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा गठित समितिमा वडाध्यक्ष लक्ष्मण चौधरी, पर्यटन सम्वद्ध व्यक्तिका तर्फबाट डिल्ली भण्डारी सुरेश हमाल, वसन्त भण्डारी, सुधा सुमन ढकाल, पवित्रा कुमाल, पत्रकारका तर्फबाट लक्ष्मण विक सदस्य रहेका छन् ।

समितिमा होटेल व्यवसायी र पर्यटन व्यवसायीका तर्फबाट थप सदस्य राखिने भएको छ । समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु रहेका छन् ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाले भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा गर्ने भएको छ । तुलसीपुरको राप्ती शान्ती उद्यानमा हुने कार्यक्रमलाई लक्षित गरेर विभिन्न कार्यक्रम गरिने भएको छ ।

नगरप्रमुख पाण्डेले सम्पूर्ण संघसंस्थालाई पर्यटन वर्षका विषय समेटेर स्वागतद्धार निर्माण गर्ने अनुरोध समेत गरेको छन् ।

 

 

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *