तुलसीपुर,पुष ५ । तुलसीपुर नगर जेसिजको अध्यक्षमा मोहन सुनारलाई चयन गरिएको छ । जेसिज बर्ष २०२० का लागि सुनारलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
साथै कार्यकारिणी उपाध्यक्षमा पूर्णबिक्रम डाँगी र एकराज भण्डारी , उपाध्यक्षमा मेघराज पोख्रेल , वसन्त भण्डारी,कृष्ण पोख्रेल , मदन गौतमलाई चयन गरिएको छ ।
त्यस्तै सचिवमा छवि कुमार ओलीलाई सर्वसम्मत चयन गरिएको हो । जेसिज तुलसीपुरको सातौ अधिशनले नयाँ कार्यसमिति चयन गरेको प्रबक्ता नारायण भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार