२०८१ जेष्ठ १७ गते बिहिवार

गोठमा आगलागी हुँदा गुल्मीमा एक जनाको ज्यान गयो

गुल्मी,पुष ५ । गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

शुक्रबार राति आगलागी हुँदा परिचय खुल्न नसकेका एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले जानकारी दिए ।

गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने बारे खुल्न नसकेको उनले बताए ।

घटनाको इलाका प्रहरी कार्यालय पुर्कोट दहले थप अनुसन्धान गरिरहेको छ । आगलागीका कारण गोठमा रहेका भैंसी र गोरु समेत जलेर घाइते भएका छन् ।

 

 

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *