तुलसीपुर,३० मंसिर । तुलसीपुर ११ नम्बर वडा कार्यालयले बिकास निर्माणलाई तिब्रता दिने भएको छ । वडा अध्यक्ष चित्र बहादुर वलिको अध्यक्षतामा सोमवार बसेको वडा कार्यसमितिको बैठकले वडा स्तरिय पुर्बाधार बिकास र लक्षित बर्ग तर्फका कार्यक्रमहरुलाइ तिब्र रुपमा अगाडि बढाउने निर्णय गरेको वडा सदस्य सुबास डागीले जानकारी दिए ।
वडा सदस्य डाँगीका अनुसार बिकास निर्माणका कार्य अगाडी बढाउन,पारदर्शी रुपमा उपभोक्ता समिती गठन गर्नका लागि वडा सदस्यहरुलाइ क्षेत्रगत जिम्मेवारी समेत प्रदान गरिएको छ ।
जस अनुसार उरहरी र जसपुर क्षेत्रमा निर्मा चौधरी, कटाहा, हस्नापुर र बेल्टाकुरा क्षेत्रमा सुबास डाँगी, नवलपुर, बेलगनार र सुकौरा क्षेत्रमा घनश्याम गौतम र प्रीगाउँ र मोतिपुर क्षेत्रमा गौतम र खिमा कुमारी बिकलाइ संयुक्त रुपमा सहकार्य गरि उपभोक्ता समिती गठन गरिएको छ ।
उनीहरुलाई चुस्त दुस्त रुपमा बिकास निर्माणलाई अगाडि बढाउन भुमिका खेल्न जिम्मेवारी दिइएको हो ।
साथै बैठकले उपमहानगरपालिकाको सहकार्यमा गर्ने भनिएको कालोपत्रेका लागि उरहरी वडाको सिमाना देखि अमर माबी उरहरी हुँदै दामोदर मार्ग जोड्ने र नवलपुर वडाको सिमाना देखि प्रीगाँउ हुँदै मोतिपुर सम्म कालोपत्रे गर्ने निर्णय गरि तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा सिफारिस गरिएको वडा सचिब भुबनेश्वर अधिकारीले जानकारी दिए ।
त्यस्तै बैठकले हरेक बिकास निर्माणमा सक्रियताका साथ सहकार्य तथा सहयोगका लागि सम्बन्धित टोल बिकास संस्था तथा राजनितक दल र उपभोक्ताहरुमा अनुरोध समेत गरेको वडा सदस्य सुबास डाँगीले जानकारी दिए ।