२०८२ असार ९ गते मङ्गलवार

जस्ले एम्वुलेन्स दुर्घटनामा जन्मेको तीन दिनमै छोरा गुमाउनु पर्यो …

दाङ,मंसिर २१ । दाङका एक दम्पत्तिले एम्बुलेन्स दुर्घटनामा आफ्नो तीन दिने छोरो गुमाएका छन् ।
दाङको दंगिशरण गाउँपालिका वडा नं. ५ खलुवाचिस निबासी ३६ बर्षीय तिलकराम खड्का र २४ बर्षीया मालती खड्काले शनिवार भएको दुर्घटनामा आफ्नो तीन दिनको छोरा गुमाएका हुन ।

तीन दिन अगाडि मात्रै मालतीले बाँकेमा छोरालाई जन्म दिएकी थिइन । त्यही छोरासहित दाङस्थित घर फर्कने क्रममा भएको दुर्घटनामा परि उनीहरुले छोरा गुमाउनु परेको छ ।

तीन दिने सुत्केरी मालती र उनका पति तिलकराम गम्भीर घाइते भएका छन् । लितकरामको कोहलपुरमा उपचार भइरहेको छ भने मालतीलाई थप उपचारको लागि बुटवल रेफर गरिएको हुँदा त्यता लैजाने तयारी बुलुकी पख भइरहेको ईलका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक हस्तबहादुर सुनारले फरककोणलाई जानकारी दिए ।

एम्वुलेन्स चालकको पनि मृत्यु
उक्त दुर्घटनामा परि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ दहगाउँ निवासी २८ बर्षीय चित्रबहादुर सुनारको पनि मृत्यु भएको छ । सुनार छत्रेश्वरी गाउँपालिका वडा नं. १ को स्वास्थ्य चौकीका एम्वुलेन्स चालक रहेको प्रहरीले बताएको छ ।
घाइते चालक सुनारको शनिवार बेलुका ४ बजेतिर र तीन दिनको नवजात सिशुको त्यो भन्दा पहिला नै कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरिक्षक सुनारले जानकारी दिए ।

बाँकेवाट दाङ तर्फ आउँदै गरेको रा १ ज १६१ नम्बरको एम्बुलेन्सलाई विपरित दिशा पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ज ५४३२ नम्बरको ट्रकले शनिवार दिउँसो करिव १ बजेर ४० मिनेटतिर बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. २ को जिरो पोइन्ट नजिकै ठक्कर दिएको प्रहरीले बताएको छ ।

सल्यान छत्रेश्वरीको एम्वुलेन्स भने विरामी लगेर बाँके गएको र फर्किदै गर्दा खड्काको परिवारलाई दाङस्थित घर सम्म छोड्न आउँदै गरेको थियो । तीन दिन अघि छोरा जन्मिए पछि खड्का परिवार नवजात शिशुसहित घर तर्फ आउँदै गर्दा दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *