यमकला भुसाल,
तुलसीपुर, मंसिर १६। “दिगो विकास लक्ष्य,अपांगता मैत्री भविष्य” भन्ने मुल नारा साथ तुलसीपुरमा २८ औँ अन्तराष्ट्रिय अपांगता दिवस मनाइने भएको छ । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत भोली मगंलवार बृहत ¥याली सहित विभिन्न कार्यक्रमहरु गरि २८ औँ अगांगता दिवस मनाउन लागिएको सोमवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । यो दिवस हरेक वर्षको डिसेम्बर ३ मा मनाउने गरिन्छ ।
सो अवसरमा बोल्दै राष्ट्रिय अपांग महासंघ नेपाल प्रदेश नं ५ का सयोजंक देवीदत्त ज्ञवालीले सरकारी कार्यालयहरुमा अपांगमैत्री सरंचना नहुँदा अपांगता भएका व्यक्तीहरुले सेवा लिन कठिन हुने गरेको बताए ।
अझैपनि अधिकांश सरकारी कार्यालयहरुमा अपांग मैत्री भौतिक सरंचना छैनन् उनले भने,–अब अपांगता भएका व्यक्तीहरुको ऐन अनुसार सबैलाई सहज पहुँच हुनेगरि सरंचना निमार्ण गर्न आवश्यक छ । विश्वका कुल जनसङयाको २५ प्रतिशत मानिसहरु कुनै न कुनै रुपमा अपांगताको अवस्थामा बाचिरहेको उनको भनाई छ ।
उक्त कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहागरपालिका महिला तथा बालबालिका शाखाका अधिृकत माया क्षेष्ठले गरेकी थिइन् ।
यसैबिच २८ औँ अन्तराष्ट्रिय अपांगता दिवसकै अबसरमा सोमवार तुलसीपुरमा विभिन्न प्रतियोगीताहरु भएका छन ।
जस अन्तर्गत दृष्टीविहिन बालबालिका विच लोकदोहरी प्रतियोगिता,बहिरा अपागंताका विच दौड प्रतियोगिता र शारिरिक अपांगता भएका व्यक्ती विच टेवल टेनिस प्रतियोगिता भएको राप्ती बहिरा सघं दाङका सयोजंक प्रतिमा शर्माले जानकारी दिए ।