दाङ,कात्तिक ३०। नेपाली काँग्रेसका समर्थक तथा एकजना व्यवसायी दिलबहादुर वलीको घरमा गएराति नेकपाका एक युवाले ढुङ्गा प्रहार गर्नुका साथै अश्लिल गालीगलौज गरेका छन् ।
सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का विद्यार्थी नेता तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ रझेना निवासी २५ बर्षीय प्रकाश रावतले आफु सुतेको घरको सटरमा आएर बिहिवार रातीढुङ्गा हानेको तथा अश्लिल शब्दले गालिगलौज गरेको भन्दै वलीले प्रहरीमा जाहेरी दिएका छन् ।
वलीले शुक्रवार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दिएको जाहेरी अनुसार उच्च अदालत तुलसीपुरको सम्मुखमा रहेको वलीले सञ्चालन गर्दै आएको होटेलमा विहीवार राति साढे ८ बजेतिर रावतले ढुङ्गा हान्नुका साथै अश्लिल गालिगलौज गरेको भन्ने उल्लेख छ ।
वलीले त्यसअघि आफु र रावतको बीचमा चुनावको विषमा दोहोरो तर सामान्ने ढंगले जवाफ सवाल भएको पनि उल्लेख गरेका छन् ।
वलीले दिएको जाहेरीमा निलो प्लसर मोटरसाईकलमा आएर राउतले आफुले सञ्चालन गर्दै आएको होटेलमा ढुङ्गा हानेको, मुड्कीले हानेको, होहल्ला गर्दै अश्लिल गालीगलौज गरेको उल्लेख गर्दै त्यसको साक्षी सम्मुखमा रहेको उच्च अदालतको सुरक्षार्थ खटिएको प्रहरी समेत रहेको जनाएका छन् ।
पीडित वलीले दोषी माथि कारवाही तथा आफ्नो ज्यानको सुरक्षाको माग समेत गरेका छन् ।