२०८१ पुष २९ गते सोमवार

५ नं. प्रदेशमा महिना दिनमै ४३ बलात्कारका घटना दर्ता

राजेश खत्री, दाङ  ।
५ नं. प्रदेश अन्तरगतका १२ वटा जिल्लाहरुमा दशैं र तिहारको बीचमा ४३ वटा जवरजस्ती करणी संवन्धि मुद्दा प्रहरीमा दर्ता भएका छन् । त्यसमध्य ३९ जनालाई पक्राउ गरि आवश्यक कानुनी कारवाहीको प्रक्रिया सुरु भइसकेको प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले फरक कोणलाई जानकारी दिए । त्यस्तै यो अवधिमा जवरजस्ती करण उद्योग संवन्धि १६ वटा मुद्दा दर्ता भएको र त्यसमा संलग्न २० जना पुरुष पक्राउ परेको मल्ले जानकारी दिए । त्यस्तै बाल यौन दुव्र्यवहार तथा दुरुपयोगका ५ वटा मुद्दा प्रहरीमा दर्ता भएकोमा ५ जना व्यक्तिलाई पक्राउ गर्न प्रहरी सफल भएको मल्लले बताए । प्रहरी अनुसन्धानले धेरै जसो बलात्कारका घटना बेलुका ६ बजेदेखि राति १२ बजेको समयमा भएको पाइएको प्रदेश प्रहरी प्रवक्ता मल्लले बताए ।

जुवाडे बाट साढे २३ लाख बढी बरामद

दशैं तिहारको बीचमा ५ नं. प्रदेशमा प्रहरीले २३ वटा जुवामा छापा हानेको छ । त्यसवाट १९० जना मानिस पक्राउ परेका थिए । उनीहरुको साथ वाट २३ लाख ६५ हजार ७ सय ७५ रुपैंया बरामद भएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए । जुवाको बारेमा अधिकाँस जानकारी जुवाडेका परिवारजन र श्रीमतिले प्रहरीलाई सूचना दिएको हुँदा सफलता मिलेको प्रदेश प्रहरी प्रवक्ता मल्ले जानकारी दिए । ‘कतिपय महिलाहरुले मलाई कुटेर मेरो पति यति रकम लगेर यो ठाउँमा जुवा खेल्न गएको छ,उस्लाई समातेर राखिदिनु प¥यो भन्ने सम्मका फोनहरु आए ।’ प्रवक्ता मल्ले भने ।

आगलागी बाट २ जनाको मृत्यु ६ करोड क्षति 

एक महिनाको अवधिमा ५ नं. प्रदेशमा आगलागी बाट २ जनाको मृत्यु भएको छ । १ परुष र १ महिला गरि २ जनाको मृत्यु भएको र ३ जना महिला घाइते भएको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट ३ वटा चौपाया मरेको, ४ वटा जलेर घाइते भएका छन् । त्यस्तै पंक्षी तथा कुखुरा गरि ३०० आगलागी बाट मेरेका छन् । एक महिनामा ३५ घर १२ वटा गोठ १ विद्यालय ६ वटा सवारी साधन र अन्य विभिन्न २९ वटा आगलागीका घटना भएका छन् । त्यसवाट ६ करोड २६ लाख ८४ हजार ५५० रुपैंयाको धनमाल जलेर नष्ट भएको प्रदेश प्रहरी प्रवक्ता मल्ले बताए । आगलागीको घटनामा प्रहरीले सक्रिय भूमिका निर्वाह गरेको हुँदा संभावित थप क्षति टरेको उनले दाबी गरे ।

भन्सार छलीको सामान
त्यस्तै भन्सार छली गरि अवैध सामान ओसारपसारमा संलग्न १७ जना मानिस र ४ वटा सवारी साधन कारवाहीमा परेका छन् । त्यसवाट ३१ लख ६० हजार १८१ रुपैंया राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अवैद्य रुपमा पटका ल्याउने ७ जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुको साथ बाट तीन लाख २९ हजार ४०७ रुपैंया बराबरको पटका बरामद भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै वितेको एक महिनाको अवधिमा प्रहरीले अवैध लागु औषध संवन्धि ६१ वटा मुद्दामा ९२ जना मानिस पक्राउ परेको जानकारी दिएको छ । त्यसमध्य ८७ जना नेपाली, ३ जना भारतीय र १ जना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले दशैं तिहारको बीचमा प्रदेश नं. ५ का १२ वटा जिल्लाहरुमा विभिन्न खालका जनचेतना मुलक १०८ वटा कार्यक्रमहरु पनि संचालन गरेको ५नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *