२०८१ असोज २४ गते बिहिवार

दंगीशरण थारु राजाको सुकौराकोटमा शालिक निर्माण गरिदै

तुलसीपुर,२५ कार्तिक।  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ सुकौरामा थारु राजा दंगीशरणको पूर्णकद शालिक राखिने भएको छ । १६औं शताब्दीतिर दंगीशरण थारु राजाले सुकौराको दरबारबाट राज्य संञ्चालन गरेको ईतिहासकारहरुले दावी गरेको छन् ।

प्रदेश नम्वर ५ उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको २५ लाखको बजेटमा राजा दंगीशरणको शालिक स्थापना गर्ने मन्त्रालयका सुचना अधिकारी शेषदत्त चौधरीले जानकारी दिए ।  चालु आर्थिक बर्षको उक्त बजेटले यसै बर्ष भित्र शालिक निर्माण गर्ने गरी तयारी भएको उनले बताए ।

यसैगरि मगंलवार मन्त्रालयका भू–संरक्षण अधिकृत चौधरी र मन्त्रालयका सहायक बन अधिकृत बलराम पोख्रेल सहितको दुई सदस्यीय मन्त्रालयको टोलीले सुकौरामा सर्वपक्षीय बैठक पनि सम्पन्न गरेको छ ।

सुकौरा स्थीत दंगीशरण राजाको दरवार भएको स्थान वा हाल संग्रालय भएको स्थानमा शालिक राख्ने बारेमा छलफल हुने बैठकले निर्णय गरेको छ ।  वडा नम्वर ११ का अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतमा भएको सर्वपक्षीय बैठकमा ४० बढी स्थानीयहरुको सहभागिता थियो ।

कार्तिक २२ गते दाङ आई पुगेको उक्त टोलीले प्रदेश सरकारले ५० लाख बजेट दिएको दंगीशरणको चखौरा,धारापानी,प्रदेश मन्त्रालयको बजेट, डिभिजन वन कार्यालय देउखुरी मार्फत संञ्चालन भएका देउखुरीका रिहार,जखेरा,देवीस्थान सामुदायिक बन लगायतका स्थानको अनुगमन समेत गरी बुधवार २७ गते प्रदेश मन्त्रालयमा फर्कने जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *