२०८१ माघ ३ गते बिहिवार

प्रतिष्ठानले ११ प्रकारका विशेषज्ञ सेवा दिन सुरु गर्यो

निशान भट्टराई, घोराही, कार्तिक २५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले ११ विभिन्न प्रकारका सेवाहरु दिन सुरु गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शाखा अधिकृत झंकार लामीछानेले झन्डै एक दर्जन विशेषज्ञ सेवा सर्वसाधारणले पाइरहेको जानकारी दिए ।

प्रतिष्ठानका शाखा अधिकृत लामिछानेले सर्जरी, छाला रोग, हाडजोर्नी, नाक कान घाँटी, मानसिक रोग, बायोकेमिष्ट्री, प्रसुती रोग लगायतका विभागहरुमा अहिले जनशक्ति रहेको र सर्वसाधारणले ती सेवा पाइरहेको जानकारी दिए ।

उनले प्रतिष्ठानमा राम्रा र अनुभबी डाक्टरहरु रहेको तथा उपकरण र ल्यावपनि अत्याधुनिक रहेको जानकारी दिए । पछिल्लो समय मेडिकल अफिसरसहित नयाँ विशेषज्ञ डाक्टरहरु थप्दै प्रष्ठिानले सेवा प्रवाह प्रभावकारी बनाएको उनले बताए ।

                                                                                      फोटो ः फरककोण

शाखा अधिकृत लामीछानेले सर्जरीमा डा.इश्वरी भुसाल, हाडजोर्निमा निर्देशक डा. सागर पन्थी , डा. ऋशिश्वर श्रेष्ठ, डा. लक्ष्मण सिग्देल, प्रसुति रोग विशेषज्ञका रुपमा डा. बशन्त लामिछाने, डा. श्रीषिमा पोख्रेल, नाक,कान घाँटी रोग विशेषज्ञ डा. विक्रम बुढाथोकी, मानसिक रोग विशेषषज्ञ डा. सुनयना यादव, छाला तथा यौन रोग विशेषज्ञ डा. जेम्स मर्हजन, जनरल तर्फ डा. अमित लाम्गादे रहेको जानकारी दिए ।

प्रतिष्ठानमा डा.अमितले मेडिसिन, फिजिसियन, वालवालिकाको उपचारका लागि आउने विरामिको स्वास्थ्य चेक जाँच गर्दै आएका छन् । तरपनि प्रतिष्ठानले फिजिसियन, वाल रोग विशेषज्ञका लागि डाक्टरहरु थप गर्ने तयारीपनि गपिरहेको लामिछानेले बताए ।

                                                                               फोटो ः फरककोण

पछिल्लो पटक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले चितवन मेडिकल कलेजसंग विशेषज्ञ डाक्टर, नस आदानप्रदान गर्नेगरी र शैक्षिक कार्यक्रमहरु सुरु गरेको छ । त्यस्तै बायोकेमेष्ट्रिमा विनित शर्मा, पोषण तथा आहार विज्ञमा मदन पाण्डे, दन्त रोग विशेषज्ञमा डा. एञ्जिलिका कार्की, भिडियो एक्सरेमा डा. वोम विसी रहेका छन् ।

नाक कान घाँटी रोगका विरामीलाई प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले आफैपनि चेकजाँच गर्दै आएकी छन् । प्रतिष्ठानले स्थापना दिसको अवसरपारी अत्याधुनिक ल्याव र दन्त रोगको सेवा दिन सुरु गरेको छ ।

                                                                                       फोटो ः फरककोण

त्यस्तै प्रसुतिका लागि आउने महीलालाई प्रतिष्ठानले सुत्केरी भत्ता समेत दिन सुरु गरेको छ । प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलले पछिल्लो समय प्रतिष्ठानको सेवा सुविधा राम्रो हुँदै गएको जानकारी दिए ।

उनले प्रतिष्ठामा साना तथा ठूला खाले अप्रेसनहरु समेत सुरु गरिएको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *