२०८१ असोज २९ गते मङ्गलवार

सुर्ती जन्य पदार्थको विक्रि वितरणमा रोक लगाउन आग्रह


दाङ,कात्तिक १९ । उच्च सरकारी वकिलको कार्यालय तुलसीपुर दाङले तुलसीपुर उपमहानगरपालिकालाई सुर्ती जन्य पदार्थको विक्रि वितरणमा रोक लगाउन आग्रह गरेको छ । सहन्यायाधिबक्ता इश्वरीप्रशाद बञ्जाडेले तुलसीपुर उपमहानगरपालिकालाई त्यस्तो आग्रह गरेका छन् ।

त्यसमा सहन्यायाधिबक्ता बञ्जाडेले सुर्ती तथा सुर्ती जन्य पदार्थहरु गुट्का, पानपराग लगाएका बस्तुहरुको सेवनवाट सेवनकर्तामा गम्भीर स्वास्थ्य समस्या देखिने गरेको र ती बस्तुको सेवन गरि बाटो लगाएत सार्वजनिक स्थानमा प्लाष्टिकका टुक्राहरु देखिने गरेको हुँदा त्यसको विक्रि वितरणमा रोक लगाउन आग्रह गरिएको छ ।

कात्तिक १४ गते उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिबक्ता बञ्जाडेले त्यस्तो आग्रह गर्दै तुलसीपुर उपमहानगरपालिकालाई पत्राचार गरेका छन् ।

 

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *