Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


प्रतिष्ठानले सुत्केरी भत्ता दिन सुरु गर्यो



निशान भट्टराई,
दाङ,कात्तिक २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुत्केरी प्रोत्साहान भत्ता वितरण सुरु गरेको छ । पहिलो पटक लमहीबाट प्रसुती सेवाका लागि प्रतिष्ठानमा आएकी प्रेक्षा न्यौपानेलाई प्रतिष्ठानले शनिवार एक हजार रुपैंया सुत्केरी प्रोत्साहान वाफत भत्ता उपलब्ध गराएको हो ।

प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल र अस्पतालका निर्देशक तथा हाडजोर्नी बिशेषज्ञ डा. सागर पन्थिले संयुक्तरुपमा न्यौंपानेलाई आमा सुरक्षा भत्ता उपलब्ध गराएका हुन । प्रतिष्ठानले सुत्केरी भत्ता प्रोत्साहान बाफत १ हजार ८ सय भत्ता दिने गर्छ । तर त्यसका लागि नियमति ४ पटक हुने गर्भजाँच गराएको हुनुपर्छ । लमही निवासी न्यौंपाने प्रतिष्ठानमा सुत्केरी हुन मात्रै आएको हुँदा उनले पाउनुपर्ने थप ८ सय रुपैंया भने पाउन नसकेको रजिष्टार प्याकुरेलले बताए ।

पछिल्लो समय सरकारले २ करोड बजेट प्रतिष्ठानका लागि निकासा गरिदिएको हुँदा यसअघि रोकिएको सुत्केरी भत्ता वितरण फेरि सुरु गरिएको रजिष्टार प्याकुरेलले जानकारी दिए । बजेट निकासा भएसंगै कात्तिक १ गतेदेखि प्रतिष्ठानले फेरि सुत्केरी भत्ता दिने निर्णय केही दिन पहिले गरेको थियो ।

आमा सुरक्षाको भत्ता प्रदान गर्न थालिएपछि अब फेरि प्रतिष्ठानमा सुरक्षित सुत्केरी सेवा लिन आउनेको संख्या थपिदै जाने आशा गरिएको रजिष्टार प्याकुरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal