२०८१ असोज २४ गते बिहिवार

हेर्नुहोस असोज ५ देखि ११ गतेसम्मको साप्ताहिक राशिफल

युवा ज्योतिषी तथा वास्तुशास्त्री – मुस्कान खनाल
केन्द्रिय सदस्य दक्षिण एशियाली ज्योतिष महासंघ
कुण्डली भाग्य
घोराहि दाङ
सम्पर्क : ९८५११९३९६४, ९८२२८५०७३५

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
साताको अन्त्यमा आर्थिक पक्षमा असन्तुलन देखिए पनि समग्रमा साता अनुकुल छ । प्रारम्भमा विशिष्ठ व्यक्तिको विचारले प्रभावित पार्नेछ । जग्गाजमिन वा भूमिसम्बन्धी कारोबार गर्दा फाईदा हुने संकेत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ , सन्तान पक्षबाट पनि राम्रै साथ सहयोग प्राप्त हुनेछ । पछाडि कुरा काट्ने शत्रु पराजित हुनेछन् । सद्वाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ, सुखसुविधा र मनोरञ्जनमा भुलिने समय छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । तर बुधबारपछि समाजमा कुरा काट्नेको संख्या बढ्नेछ । आकस्मिक यात्राको योजना बन्नसक्छ तर सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । शुक्रबारदेखि सुरु गरिएको क्रियाकलापले दीर्घकालिन फाइदा पुग्नेछ ।

बृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
नयाँ योजना कार्यान्वयन गर्ने र दर्घिकालीन योजना बनाउने साता छ । वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने प्रयास गर्नु अनुकुल रहने छ । पठन पाठन कार्यमा सफलता प्राप्त गर्न सकिने छ भने साथीभाइसँग रमाइलो भेटघाट, मिष्ठान्न भोजन र फलदायी यात्रा हुन सक्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुनेछ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मान–सम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिन योजनालाई मूर्त बनाउन गरिएको चिन्तन महत्वपूर्ण बन्न सक्छ । शुक्रबारपछि लामो दूरीको आकस्मिक यात्राको सम्भावना देखिन्छ, तर यात्राबाट सोचेजस्तो लाभ लिन सकिदैन, व्यवहारिक खर्चको मात्रा बढ्नेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिथुन राशिका जातकका लागी यो साता खास उपलब्धिमुलक देखिदैन । सोमबारसम्म मुखलाई नियन्त्रणमा नै राख्नुहोला, बिनाकारण वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी हुने सम्भावना छ । सोमबारपछि मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । भ्रमण र तीर्थयात्राको अवसर मिल्नेछ भने घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । साताको अन्त्य उत्तम रहनेछ, शुभ समाचार आउला । विपरीतलिंगीबाट साथ सहयोग प्राप्त होला । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता मिल्ला । नोकरी वा व्यवसायसँग सम्बन्धित क्षेत्रमा कुने ठोस परिणाम देखा पर्नेछन् । मायाप्रेम, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिश्रित प्रभाव दिेने साता छ, साताको प्रारम्भमा घरमा माङ्गलिक कार्य सम्पादन गर्ने समय छ । पारिवारमा उत्साह र हर्षको वातावरण बन्नेछ । अध्ययन अध्यापन र लेखनमा खासै रुचि हुनेछैन । सोमबारपछि शरीरमा आलस्य र थकानको अनुभव हुनेछ , जुनसुकै काम पनि ढिलो गरी सम्पादन हुनेछ , दैनिक व्यवहारमा पनि किसिम किसिमका समस्या आइलाग्ने छन् । तर बुधवारपछि पुनः अनुकुल समय प्रारम्भ हुनेछ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने राम्रो छ । नयाँ काम हात लाग्ने तथा प्राविधिक क्षेत्रमा सफलता मिल्ने खालको साता रहेको छ । धार्मिक वा परोपकारी कार्यमा मन लाग्ने तथा अप्रत्याशित काम बन्ने योग रहेको छ । साताको पूर्वाद्धमा धैर्यधारण गरी परिश्रम गर्ने समय छ भने उत्तराद्र्धमा भने विशिष्ट व्यक्तिको साथ सहयोग प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
त्यति अनुकुल साता छैन, यद्यपि साताको मध्यभागमा केही लाभमूलक र अनुकूल परिणाम प्राप्त हुनेछन् । साताको प्रारम्भमा अध्ययन, अध्यापन र लेखनमा खासै रुचि देखिँदैन । सोमबारपछि बौद्धिक, प्राज्ञिक, गतिविधिमा संलग्न हुनुपर्ने छ भने साथीहरुसंग मनोरञ्जन गर्ने अवसर पनि जुर्नेछ । तर साताको अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ, व्यापार व्यवसायमा त्यति लाभ नहोला । छरछिमेकमा पनि केही असमझदारी बढ्ने छ भने प्ररीक्षा प्रतियोगीतामा पनि पराजय ब्यहोर्नु पर्नेछ । कुनै शुभकार्य गर्नु अघि विष्णु भगवानको आरधना गर्दा शुभफल प्राप्त हुनेछ ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यवसायी वर्गहरुलाई आर्थिक लाभ हुने खालको साता रहेको छ । पारिवारिक जीवन सामान्य र सन्तोप्रद रहला । इच्छाएको जिम्मेवारी प्राप्त हुनसक्छ । खानपान, आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । तर सोमबारपछि कुनै गोप्य विषय वा मानसिक समस्याले सताउन सक्छ । दैनिक व्यवहारमा पनि किसिम किसिमका समस्या आइलाग्ने छन् । खासगरी जीवनसँगीसित ठाकठुक पर्न सक्छ । तर साताको अन्त्यमा भने धार्मिक वा परोपकारी कार्यमा मन लाग्ने तथा अप्रत्याशित काम बन्ने योग रहेको छ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । बोलीमा संयमता अपलाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता , ति, तु, ते (Libra)
साताको प्रारम्भमा घरयासी बन्दोबस्तीको लागी समय यापन हुनेछ । सानातिना विषयमा परिवारजनमा असमझदारी बढ्नेछ । सोमबारपछि कुनै विशेष खुशीको समाचार सुन्न पाइएला, पठन पाठन कार्यमा सफलता प्राप्त गर्न सकिने छ भने साथीभाइसँग रमाइलो भेटघाट, मिष्ठान्न भोजन र फलदायी यात्रा हुन सक्छ । यद्यपि यस अवधिमा, अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा समय बित्न सक्छ । प्रतिस्पर्धी र शत्रुहरुको चलखेल बढ्नाले केही चुनौती र अफ्ठ्याराको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा समय बित्नेछ ।

बृच्छिक– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
परिश्रमका साथमा गरिएको प्रत्येक क्रियाकलापमा सफलता आर्जन हुने समय छ । बोलीमा विशेष प्रभाव भएकाले हाँके÷ताकेका काम सजिलै सम्पादन हुनेछन् । साताको मध्यमा परिवारभित्रका झिनामसिना काममा अलि बढी समय व्यतीत हुनसक्छ । खर्चिलो समय छ यसर्थ साताको सुरुमा खर्चमा नियन्त्रण गर्नुपर्छ । कल्पना र भावनामा केन्द्रित भइने छ, भने मन अस्थिर हुनेछ । तर साताको अन्त्यमा सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् पारिवारिक सुख मिल्नुका साथै अध्ययन, अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । अनावस्यक र दिक्कलाग्दो यात्राको सम्भावना छ । आर्थिक संकट र पाचनप्रणलीको गडबडीले सताउन सक्छ ।

धनु– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
मनमा बसाइ सर्ने, सरुवा हुने वा व्यवसाय वा पेसामा परिवर्तनको धारणा उत्पन्न हुन सक्छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । देवालय, मठमन्दिर वा सार्वजनिक स्थलहरुको भ्रमण हुनेछ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । परिवारमा रमाईलो जमघट हुनेछ साथै साथीहरुसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ । तर साताको अन्त्यमा खर्चको मात्रा बढ्न सक्छ, प्रतिफल प्राप्त नहुने ठाउँमा लगानी हुनसक्छ । सोचेको काममा अप्ठेरो र चुनौतीको सामना गर्नुपर्ला यद्यपि यस अवधिमा सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुनेछ । अभिभावक वा बृद्धबृद्धाको आशीर्वाद लिन सकेमा भाग्यबल बढ्ने संकेत छ ।

मकर– भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
यो साता आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियापलापमा सक्रिय हुने अवसर मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ भने व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र संचार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन । अरुलाई प्रभावित पारेर काम बनाउने समय छ । यो साता परिवारमा जमघट हुनेछ र हर्षको वातावरण बन्नेछ । विशिष्ठ व्यक्तिले विचारको कदर गर्दा उत्साह बढ्नेछ । सहयोगीले साथ दिनेछन् र महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन । तर साताको अन्त्यमा भने समय प्रतिकुल हुनेछ, व्यवहारीक खर्चको मात्रा बढ्नेछ, मनमा निराशा जाग्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
साताको सुरुमा आथर््िाक सन्तुलन कायम राख्न धौ–धौ पर्ने सयम छ । आकस्मिक खर्च बढ्ने, सामान हराउने वा चोरी हुने खतरा छ । तर सोमबारपछिको समय अनुकूल रहने छ , मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट प्रशंसा र शुभ कुराको संकेत प्राप्त हुनेछ । नोकरी अथवा व्यवसायिक क्षेत्रमा भने कुनै ठोस परिणम देखा पर्नेछैन । मातापिता र अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ । श्रमको उचित मूल्यांकन हुने र अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
साताको प्रारम्भमा मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध सुमधुर रहने छ । धार्मिक, सामाजिक वा सांस्कृतिक कामबाट लाभ प्राप्त हुनेछ । सद्वाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ, सुखसुविधा र मनोरञ्जनमा भुलिने साता छ । सोमबारपछि अनावश्यक खर्च बढ्नेछ । मन कल्पना र भावनामा मात्र केन्द्रित हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन, अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ हुनेछ, न्यायिक वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा धार्मिक, सामाजिक कार्य सम्पन्न हुनेछ । मातापिता र अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *