२०८१ बैशाख ७ गते शुक्रवार

मोटरसाईकल दुर्घटना हुँदा दुई युवाको मृत्यु

दाङ,असोज ४ । दाङमा भएको मोटरसाईकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षकै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाईकल अनियन्त्रित भइ सिमेन्टको पिलरमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

 

 

प्रकाशित मिति : २०७६ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *