२०८१ माघ १३ गते आइतवार

मोटरसाईकल दुर्घटनामा एकको मृत्यु, चालक गम्भीर घाइते

दाङ।

दाङमा भएको मोटरसाईकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ  भने अर्का एकजना गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानीमा लु २१ प ५३४८ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा अन्दाजी ६० बर्षीय एकजना पुरुषको मृत्यु भएको दाङ जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीले जानकारी दिए ।

उक्त दुर्घटनामा परि प्यूठानको माण्डवी गाउँपालिका वडा नं. १ कुमलटार निवासी २० बर्षीय कमल अधिकारी गम्भीर घाइते भएका छन् । दाङमा प्रारम्भीक उपचारपछि गएराति नै अधिकारीलाई बाँकेजिल्ला स्थित कोहलपुर मेडिकल कलेजमा लगेर उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना सोमवार राति ९ बजेतिर भएको थियो ।

यो खवर तयार पार्दासम्म मृतकको सनाखद हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *