२०८३ असार १३ गते शनिवार

तयारी व्रोइलर कुखुराको मुल्य घटाइएकोप्रति किसान सरोकार मञ्चको आपत्ती

बसन्त पौडेल,
तुलसीपुर, भदौ ३१ । दाङ जिल्लामा क्रियाशिल रहेका व्रोइलर कुखुरा पालक किसानहरुको संगठन किसान सरोकार मञ्च दाङले पोल्टी सप्लायर्सहरुले मनोमानी रुपमा बच्चा तथा दाना मुल्य बृद्धि गर्ने तर तयारी कुखुराको मुल्य घटाउदै लगेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न समयमा तयारी कुखुराको मुल्य घट्दै प्रति के.जी २३० बाट २२०, २१० हुदै अहिले २०० सम्ममा व्रोइलर कुखुराको मुल्य घटाएकोमा आपत्ती जनाइएको हो ।

व्रोइलरका वच्चा तथा दानाको मुल्य वृद्धि अस्वभाविक रुपमा भएको भन्दै आक्रामक बनेका किसानहरुलाई राहात दिनुको सट्टा झन आघात पर्नेगरी मासुको मुल्य घटाइनु साह्रै निन्दनिय भएको भन्दै किसान सरोकार मञ्च दाङका अध्यक्ष विष्णु प्रसाद न्यौपाने र सचिव दान वहादुर वस्नेतले संयुक्त रुपमा विज्ञप्ती जारी गरेका छन ।

बजार व्यवस्थापनको कुनै ख्याल नै नगरी वच्चा तथा दानावाट कमिशन खाने लोभमा वजारले थेग्नै नसक्ने गरी हचुवाका भरमा वच्चा तथा दाना वितरण गर्नु र उक्त वच्चावाट उत्पादीत मासुलाई वजार व्यवस्थापन गर्न नसकी सम्पुर्ण भार किसानहरुमा नै थोपर्ने प्रवृर्तिप्रति किसान सरोकार मञ्च दाङ गम्भीर आपत्ती तथा घोरभत्र्सना गर्दछ । तत्काल यो निर्णय फिर्ता लिई पुर्ववत मुल्यलाई कायम राखी सहज वातावरण सिर्जना गर्न यसै विज्ञप्ती मार्फत अनुरोध गर्दछौ बिज्ञप्तीमा भनिएको छ ।

साथै यस विषयलाई गम्भीर रुपमा नलिए किसान सरोकार मञ्च दाङ किसानहरुको मागलाई ध्यानमा राखी चरणबद्ध रुपमा कडा आन्दोलन गर्न वाध्य हुने तथा आन्दोलवाट उत्पन्न हुने समस्याको सम्पुर्ण जवाफदेही सप्लायर्सहरु बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७६ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *