Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


घोराहीमा फोहोरबाट ग्याँस र मल उत्पादन गर्न आवश्यक पूर्वाधार निर्माण गरिदै



लिलाधर वली,
दाङ, भदौ २५ । घोराही उपमहानगरपालिकाले फोहारबाट खाना पाउने ग्याँस निकाल्ने उदेश्यसहित भौतिक पूर्वाधार निर्माणमा जुटेको छ । आगामी एक बर्षभित्रै फोहोरबाट ग्याँस निकाल्ने उदेश्यसहित आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।

घोराही उप–महानगरपालिका वडा नं. –१६ को ल्यानफिल्ड लाईडमा फोहोरवाट ग्याँस निकाल्ने उदेश्यसहित पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । घोराही उपमहाननगरपालिका, बैकल्पिक उर्जा केन्द्र र नेपाल उर्जा विकास कम्पनी बीचको त्रिपक्ष सहकार्यमा फोहोरबाट ग्याँस उत्पादन गर्ने कामलाई अघि बढाइएको छ । यो त्रिपक्षय सम्झौंता गएको मंसिर ५ गते भएको थियो । त्यही अनुरुप हाल धमाधम काम भइरहेको छ । ‘काममा कुनै समस्या नआए एक वर्ष भित्रमा ग्याँस उत्पादन गर्ने गरि काम गरिरहेका छौँ’,म्यानेजर श्रेष्ठले भने,‘प्राविधिक समस्या भए मात्र केही ढिलाई हुन सक्छ ।’

ग्याँस उत्पादन गर्नेका लागि करिब २० करोड लगानी लाग्ने अनुमान गरिएको छ । यहाँ निर्माणाधिन ग्याँस प्लान्ट भने २ हजार घन मिटरको निर्माण गर्न लागिएको छ । नेपाल उर्जा विकास कम्पनीका प्लानट म्यानेजर हरिशरण श्रेष्ठले बजारमा संकलित फोहरवाट ग्याँस उत्पादन गर्ने गरि अहिले भौतिक संरचना निमार्णको कार्य भइ रहेको जानकारी दिए । अबको ६ महिनामा भौतिक निर्माणको काम सकिने उनले जानकारी दिए ।

यहाँ उत्पादित ग्याँस सिलिण्डरमा भरेर सोझै उपभोगका लागि वजारमा पठाउने गरि तयारी गरिएको छ । २०७५ मंसिर ५ गते सम्झौता भएपनि काम गर्न विभिन्न कारणले केही ढिला भएको श्रेष्ठ बताए । मुख्य गरि सरकारी प्रक्रिया अनुसार काम गर्दा ढिला हुन गएको उनको भनाई छ ।

सम्झौता भएर सहज तरिकाले काम गर्ने पाएको भए धेरै काम अगाडि बढी सकेको हुने उनले बताए । सुरुमा काम गर्दा स्थानीय केहीले विरोध गर्दै समस्या समेत उत्पन्न गराएकको हुँदा समेत केही ढिलाई हुन गएको उनले बताए । त्यहाँ ग्याँस उत्पादन गर्ने प्लान्ट जडान गर्दा आफनो स्वास्थ्यमा असर पुग्ने भनेर स्थानीयले बिरोध गरेका थिए ।

कम्पनीले स्थानीयलाई पोखरा निर्माण गरिएको ग्याँस प्लान्ट देखाएपछि स्थानीय ग्यास प्यान्ट निर्माणमा सहमत भएको श्रेष्ठ बताए । त्यसपछि भने स्थानीयले विरोध गर्न छोडेका हुन । त्यसयता भौतिक संरचना निर्माणको काममले गति लिएको उनले बताए । ग्याँस उत्पादन गर्नेका लागि घोराही उपमहानगरपालिकाले जग्गा उपल्व्ध गराएको छ । घोराही उपमहानगरपालिकाले ल्याफिड साइडमा रहेको साढे २ विगाह जग्गा उपल्वध गराएको छ । कम्पनी र नगरपालिका बीच २० वर्षको सम्झौंता भएको छ ।

२० वर्षपछि संरचनासहित सवै पुर्वाधारहरु घोराही उपमहानगरपालिकालाई हस्तान्त्रण गर्ने सम्झौता पत्रमा उल्लेख छ । ‘नगरपालिका र कम्पनी विच २० वर्षको सम्झौता भएको छ’,उनले भने,‘२० बर्षपछि सम्पुर्ण भौतिक संरक्षण घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछौँ।’

फोहर बाट खाना पकाउने ग्याँससंगै कम्पोष्ट मल समेत उत्पादन गर्ने कम्पनीको योजना श्रेष्ठले बताए । जिल्लामा फोहोरबाट ग्याँस उत्पादन गर्न लागिएको यो नै पहिलो प्रयास हो । त्यसैका लागि घोराही उपमहानगपालिकाले हाल गल्ने र नग्ने वस्तु छुट्टाछुट्टै उठाउँदै आएको छ ।

जिल्लामै ग्याँस उत्पादन भएमा ग्याँसको मुल्यमा केही सस्तो हुने अपेक्षा गरिएको छ। फोहोरबाट उर्जा उत्पादन भएपछि उपमहानगरपालिकालाई फोहर व्यवस्थापनमा समेत सहजता आउने अपेक्षा गरिएको छ । ग्याँस उत्पादन गर्ने थाले पछि गलेर जाने बस्तुको सदुपयोग समेत हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal