Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


साइबर क्राइम मुद्दामा पत्रकार चन्द र गुरुङले पाए सफाई


भदौ २५ , काठमाडौं । बिधुतिय कारोबार सम्बन्धि साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन् । समाचार लेखेकै अाधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले बिधुतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए ।

१० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो । न्यायाधीश बिदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो ।

अदालतमा आज भएको बहसमा पत्रकार चन्द र गुरुङको तर्फबाट अधिबक्ता कान्तिराम ढुंगाना र अधिबक्ता दिबस निरौलाले बहस गरेका थिए ।

सम्पादक चन्दलाई समाचार लेखेकै आधारमा गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो । उनि १८ दिने हिरासत बसाइपछि छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal