२०८२ मङ्सिर २४ गते बुधवार

प्रतिष्ठान विवाद वार्ता र संवादबाट मिलाउन रेडक्रसको आग्रह


दाङ, भदौ १४ ।
नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा सिर्जना भएको परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उपशाखा घोराहीका अध्यक्ष थम्मन चौधरी र सचिव इन्द्रबहादुर वुढाथोकीद्वारा जारी संयुक्त विज्ञप्तिमा स्वास्थ्यजस्तो गम्भीर विषयमा कुनै पनि पक्षले सेवामा प्रत्यक्ष बाधा पुग्ने गरी कुनै पनि क्रियाकलाप नगर्न भन्दै यथाशिघ्र वार्ता र संवादको माध्यमबाट निकास खोज्न अपिल गरिएको छ ।

उपशाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी कक्ष तथा अन्य वार्डहरुको अनुगमन समेत गरेको छ । यसैबीच नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखाको शनिबार बसेको बैठकले घोराही उप–महानगरपालिकाका विभिन्न वडाहरुमा गठन भएका विपद् व्यवस्थापन समितिहरुमा उपशाखाका पदाधिकारीहरुलाई प्रतिनिधिको रुपमा पठाउने निणर्य गरेको छ ।

उपशाखा घोराहीका अध्यक्ष थम्मन चौधरीको अध्यक्षतामा बसेको बैठकले वडा नम्वर १ मा अर्जुन पन्थी, २ मा कृष्ण प्रसाद रिजाल, ३ मा खगेश्वर पौडेल, ४ मा पदमप्रसाद पौडेल, १३ मा चिरन्जीवि बुढाथोकी र वडा नम्वर १४ मा चित्रकान्त अर्याललाई प्रतिनिधि तोकेको छ । त्यसैगरी बैठकले वडा नम्वर १५ मा निशान्त आचार्य, १६ मा इन्द्रबहादुर बुढाथोकी, १७ मा प्रदीप मजगैयाँ, १८ मा उमा सुवेदी र १९ हरिकला गिरीलाई विपद् व्यवस्थापन समितिको प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण उपसमितिको संयोजकमा उमा सुवेदीलाई जिम्मेवारी दिएको छ । बैठकले सावित्रा राना, सुशिला आचार्य, तुलसा केसी, हरिकला गिरीलाई उक्त उपसमितिको सदस्यमा जिम्मेवारी तोकेको छ । साथै इन्द्रबहादुर बुढाथोकी र चिरञ्जीवि बुढाथोकीलाई पदेन सदस्यको जिम्मेवारी दिइएको छ ।

रेडक्रस सोसाईटी घोराही उपशाखाद्वारा गठित स्वास्थ्य तथा रक्तसञ्चार उपसमितिले सडक दुर्घटना न्यूनीकरण सचेतनाका लागि घोराही उपमहानगरपालिकाका विभिन्न वडाहरुसँग समन्वय गरी तालिम सञ्चालन गर्ने निर्णय गरेको छ । उपसमितिका संयोजक प्रदिप मजगैयाँको अध्यक्षतामा बसेको बैठकले दिनानुदिन सडक दुर्घटना भैरहेकाले प्राथमिक उपचारको विधि र सचेतिकरणका लागि तालिम सञ्चालन गर्ने निणर्य गरेको हो । साथै बैठकले ब्लड बैंक घोराहीसँग समन्वय गरी आवश्यकता अनुसार नियमित रुपमा रक्तदान गर्ने निणर्य पनि गरेको छ ।

प्रकाशित मिति : २०७६ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *