२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुरको छत चुहिने कारागार

दाङ, साउन ३१ । कारागारा कार्यालय तुलसीपुरको पुरानो व्लक जिर्ण अवस्थामा छ । छत पुरै चुहिन्छ । पानी चुहिने भएपछि कैदीबन्दीलाई बस्न सकस भइरहेको छ । यद्यपी चुहिने छतमा त्रिपाल र त्यसमाथि माटो हालेर केही रोकथामको प्रयास गरिएको छ । कारागारको छतै भरि घाँस उम्रेको छ र यो समस्या एक दुई कोठाको मात्रै हैन । पुरानो व्लकको पुरै भाग चुहिन्छ । त्यो चुहिने पानी नियन्त्रण गर्नकै लागि छत भरि नै त्रिपाल हालेर त्यसमाथि माटोले ढाकिएको हो । तर त्यसले पनि बर्षाको पानी कता कतावाट चुहिन्छ । पानी रोक्ने प्रयास संभव हुन सकेको छैन । त्यसले गर्दा कैदीबन्दीहरुले समस्या भोग्नु परिरहेको छ । ‘कैदी बन्दीले उपलब्ध र संभव भएसम्म कोठैभरी भाँडा वर्तन थाप्छन् । पानी थाप्ने भाँडा नपाए चिसै कोठामा बस्न बाध्यछन्,’ एकजना प्रहरीले भने ।

तुलसीपुर कारागारका निमित्त जेलर जोखिम वलीले पुरानो ब्लक जिर्ण भइसकेको हुँदा पानी चुहिने गरेको बताए । ‘हामीले पानी रोकथाम गर्ने प्रयास स्वरुप छतमा त्रिपाल राखेर त्यसमाथि माटो राखेका छौं । निमित्त जेलेर वलीले भने ‘ त्यो प्रयासले केही रोकथाम भएपनि पूर्ण रुपमा पानी चुहिने रोक्न सफल हुन सकिएको छैन।’ उनले भवन जिर्ण हुनुका साथै त्यहाँको विद्युत तार समेत जिर्ण भइसकेको हुँदा पानी पर्दा आन्तरिक रुपमा विद्युत सर्ट हुने समस्या रहेको बताए । ‘पानी प¥यो कि विद्युत सर्ट भइहाल्छ । जिर्ण भवन र पुरानो तारले दिनु दुःख दिएको छ,’ निमित्त जेलर वलीले भने ।

तुलसीपुरको पुरानो कारागार झन्डै ३९ बर्ष अगाडि निर्माण गरिएको अभिलेख छ । विक्रम संवत २०३७ साल साउन १ गते यसको स्थापना भएको देखिन्छ । पुरानो व्लकको नजिकै पूर्व तर्फ दुई वर्ष अगाडि अर्कौ एउटा नयाँ कारागार पनि निर्माण गरिएको छ । तर त्यसमा सबै कैदी बन्दी नअटाउने हुँदा पुरानो ब्लकमा पनि राख्नुपर्ने बाध्यता रहेको निमित्त जेलेर वलीले बताए ।

तुलसीपुरमा ४ सय ८३ कैदीबन्दी
तुलसीपुरको प्रदेश प्रहरी कार्यालय नजिकैको कारागारमा हाल ४ सय ८३ जना कैदीवन्दीहरु राखिएका छन् । पुरानो व्लकमा १ सय ५४ पुरुष २८ महिला र तीनजना आस्रित बालबालिका छन् । आस्रित बालबालिका तीन बर्ष मुनिका छन् । पुरानो ब्लकको क्षमता ७५ पुरुष र २५ महिला अटाउन सक्न क्षमताको मात्रै हो । पुरानो ब्लवमा क्षमता भन्दा झन्डदै दोब्बर १ सय ८२ कैदीबन्दी राखिएको छ । आस्रित ३ बालबालिकालाई जोड्दा संख्या १ सय८५ पुग्न जान्छ ।

झन्डै दुई वर्ष पहिले निर्माण गरिएको नयाँ व्लक २ वर्ष पहिले निर्माण गरिएको हो। यसको क्षमता २ सय जनाको छ । तर यहाँपनि २ सय ९८ जना पुरुष कैदी बन्दीहरु राखिएको छ । तुलसीपुरका दुईवटा कारागारमा कुल ४ सय ८३ कैदीहरु छन् । यसमा आस्रित तीन बालिकालाई जोडिएको छैन । यहाँका दुईवटा व्लकमा गरि कुल ४ सय ५२ पुरुष र २८ महिला कैदीवन्दीहरु राखिएको छ । तीन जना आस्रित बालिका समेत जोड्दा महिलाको संख्या ३१ पुग्न जान्छ। तर निर्दोश बालिकालाई कैदी बन्दीको रुपमा जोड्न मिल्दैन ।

तुलसीपुर कारागारमा ११ जना विदेशी कैदीवन्दी
तुलसीपुर कारागारमा ११ जना विदेशी कैदीवन्दी रहेका छन् । ती सबै भारतीय नागरिक हुन । पक्राउ परेका मध्य सबैभन्दा बढी ३ जना जवरजस्ती करणी, लागु औषध र ज्यानमार्ने उद्योगका २÷२ जना, अपहरण र ठगी मुद्दाका १÷१ जना कैदीबन्दी रहेको निमित्त जेलर जोखिम वलीले जानकारी दिए ।

तुलसीपुर कारागारमा सबैभन्दा धेरै १ सय ४९ जना र एकजना थुनुवासहित १ सय ५० जना जवरजस्ती करणीका कैदीबन्दीहरु छन् । त्यसपछि कतव्र्य ज्यान मुद्दाका १ सय १६ जना कैदीबन्दीले सजाय भुक्तान गरिरहेका छन् । अन्य विभिन्न २० प्रकारको मुद्दामा दोषी सावित ४८३ जनाले सजाय भुक्तान गरिरहेको निमित्त जेलर वलीले बताए । नयाँ व्लकका चौकीदार नरेन्द्र घर्तीले कारागार भित्र महिनामा दुई पटक साँस्कृतिक कार्यक्रम हुने गरेको बताए । त्यस्तै उनले कारागार भित्रै सामुहिक रुपमा योगा अभ्यास गर्दै आएको जानकारी दिए ।

कैदीवन्दीलाई स्वरोजगार प्रदान गर्न विभिन्न खालका तालिमहरु पनि संचालन हुँदै आएको चौकीदार पुनले बताए । संघीय सरकारको २ लाख रकम वाट फर्निचर निर्माण सम्वन्धि र प्रदेश सरकारको ५ लाख बजेटवाट १÷१ महिने कटाई सिलाई र जुत्ता निर्माण तालिम प्रदान गरिएको पुनले बताए । त्यस्तै उनले कारागार भित्रै कैदीबन्दी साक्षार कार्यक्रम पनि संचालन हुँदै आएको बताए । ‘पहिले ल्याप्चे लगाउने ७० जना कैदीबन्दी हाल साक्षार साक्षार बनेके पुनले बताए ।

 

प्रकाशित मिति : २०७६ साउन ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *