
दाङ,साउन २९ । चाडपर्वको आगमनसँगै तुलसीपुर वजारलाई व्यवस्थित गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न सरोकारवाल पक्षलाई वोलाएर छलफल गरेको छ । कार्यक्रमका विभिन्न सरोकार राख्ने व्यक्तिहरुले वजारलाई व्यवस्थित वनाउनका लागि स्थानीय सरकारलाई सुझावहरु दिए । राम्रो कामका लागि स्थानीय सरकार कडा भएर प्रस्तुत हुनुपर्नेमा उनीहरुको जोड समेत थियो । वजारलाई व्यवस्थित गर्दा गलत तरिकाले व्यापार गर्नेहरुबाट विरोध आएपनि राम्रो काममा अगाडि वढ्न उनीहरुले उपमहानगरपालिकालाई हौसला समेत दिए ।
‘गैर कानुनी ढँगले नियम मिचेर सडकमा व्यापार गर्ने अधिकार कसैलाई पनि छैन यसलाई तत्काल समाधान गर्न लागौ’ नेकपाका नेता भिमकान्त वस्यालले भने । उनले अव्यवस्थित व्यापार गर्नेहरुलाई कारवाही नगरे पुरै वजार अव्यवस्थित हुने बताए । पैंसा नहुने या हुने कुरालाई जोडेर वजारमा मन लाग्दो तरिकाले व्यापार गर्ने अधिकारी कसैलाई पनि नहुने उनको जोड थियो । उनले ठेला र खुला वजार गर्नेहरुलाई कहाँ कहाँ तोक्ने भन्ने वारेमा उपमहानगरपालिकाले योजना वनाउनुपर्ने बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले जाँड रक्सी जस्ता कुरा अव्यवस्थित तरिकाले विक्री वितरण हुने गरेको वताउँदै त्यसलाई नियमन गर्न सुझाए । उपमहानगरपालिकाले कर लगाएसँगै सोही अनुसार सुविधा पनि दिनुपर्ने कुरामा जोड दिए । सूर्तिजन्य पदार्थका खोलहरु जथाभावी फालिने गरेको वताउँदै उनले कारवाही गरेर त्यसको नियमन गर्न आवश्यक रहेको वताए ।
तरकारी व्यवसायी माधव घिमिरेले मदिरा विक्रीमा लागि समय तोकेर व्यवस्थित गर्न सुझाए । ‘विहानै खुट्टा वटार्दै हिडेका हुन्छन् यसरी कहाँ हुन्छ ? नियमन गर्नै पर्दछ’ घिमिरेले भने । तरकारी,मासु र फलफूलका लागि निश्चित ठाउँ तोकेर त्यो भन्दा अन्यत्र पसल गर्नेलाई कारवाही गरे ठेला व्यवस्थापन हुने उनको सुझाव थियो ।

तुलसीपुर चेम्वर अफ कमर्शका अध्यक्ष टोपवहादुर घर्तीले कर तिरिसकेपछि व्यवसायीहरुलाई सम्मान गर्नुपर्ने बताए । उनले व्यापारीलाई करका लागि पेल्ने मात्रै भन्दा पनि सुविधा समेत दिनुपर्ने कुरामा जोड दिए । तुलसीपुर तरकारी तथा फलफूल वजारका अध्यक्ष झुपलाल खड्काले तरकारी वजार सञ्चालनको अन्तिम तयारीमा रहेको हुँदा त्यसले बजार व्यवस्थापनमा सघाउने आशा व्यक्त गरे ।
उपमहानगरपालिकाले वजार व्यवस्थाप, मदिरा र सुर्तिजन्य पदार्थको नियन्त्रणका विषयमा आयोजना गरिएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रुपवहादुर खत्रीले वजारमा पार्किङ व्यवस्थापन चूनौति वन्दै गएको भन्दै त्यसलाई निश्चित ठाउँ तोकेर व्यवस्थित गर्नमा ध्यान दिनुपर्ने कुरा औल्याए । उनले ठेलो हटाउने मात्रै भन्दापनि त्यसको उचित व्यवस्थापन पनि आवश्यक रहेको वताए । ‘तुलसीपुरलाई व्यवस्थित वनाउनु हामी सबैको दायित्व हो यसबाट कोही पनि पन्छनु हुँदैन’ उनले जोड दिए । उपप्रमुख माया शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर प्रवक्ता सुर्य डाँगीले गरेका थिए ।
ठेला छिटै व्यवस्थापन गर्छाै ः नगरप्रमुख पाण्डे
सबैका गुनासो सुनिसकेपछि नगरप्रमुख घनश्याम पाण्डेले समस्या पहिचान मुख्य कुरा भएको भन्दै त्यसको समाधान गर्ने वताए । उनले ठेला अव्यवस्थित हुँदा वजारमा दूर्घटना वढेको भन्दै त्यसको नियमनका लागि विशेष ध्यान दिने वताए । ‘तरकारी वजार अव सञ्चालन हुँदैछ त्यसले अवश्य केही व्यापारीहरुलाई राहत दिनेछ अरुका लागि नियमित हाट वजारको व्यवस्था गर्नेछौ’ पाण्डेको भनाई रहेको छ । उनले व्यापारीहरुको पहिचान गरेर निश्चित ठाउँ तोक्ने समेत वताए । ‘वजारमा ठेला रोकै गरिवमारा भन्छन् नरौको अकालमा मान्छेको. ज्यान गएको छ’ उनले गुनासो समेत गरे ।
मदिराजन्य पदार्थको विक्री वितरणलाई व्यवस्थित गरिने वताउँदै स्कुल र स्वास्थ्य संस्थादेखि १ सय मिटर आसपासमा सञ्चालन भएका मदिरा पसललाई कारवाही गर्ने वताए । चाडपर्वलाई लक्षित गरेर तत्काल सहकारी मार्फत सस्तो पसल सञ्चालन गरिने कुरामा उनले जोड दिए । उनले सस्तो पसल सञ्चालनका लागि उपप्रमुख माया शर्माको संयोजकत्वमा समिति समेत वनाएका छन् ।