Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


राष्ट्रिय पदक जित्ने खेलाडीलाई तुलसीपुरमा सम्मान

गोरखा मावि तुलसीपुरलाई ५ स्वर्णसहित ६ पदक


दाङ, साउन २३ । ११औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा पदक जित्ने तुलसीपुरका खेलाडीलाई सम्मान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले खेलाडीको प्रत्साहानको लागि पदक विजेता हरेक खेलाडी मध्य गोल्ड मेडल जित्नेलाई जनही ५÷५ हजार र रजत पदक विजेतलाई ३÷३ हजार नगदसहित सम्मान गरेको हो । तुलसीपुरको गोरखा माविमा अध्यनरत ६ जनाले राष्ट्रिय प्रतियोगितामा मेडल जितेका छन् । ५ जनाले गोल्ड मेडल, एकजनाले रजत जितेका छन् । त्यसतै महेन्द्र माविमा अध्यनरत एकजना खेलाडीले रजत पदक जित्न सफल भएका छन् ।

गोरखा मावि बाट कस्ले कुन – कुन पदक जिते ?
गोरखामा अध्यनरत अरुणा रिजाल २ सय मिटर, ४ सय मिटर, ४ गुणे ४०० मिटर रिले, ४ गुणे ४०० मिटर रिलेमा गोल्ड मेडल जितेकी छन् । गोरखाकै सिमा चौधरीले ट्रिपल जम्प, लङ जम्प, ४ गुणे १०० रिलेमा गोल्ड मेडल र १०० मिटर रिलेमा रजत पदक जितेका छ्न ।

गोरखाकै करुणा रिजालले ४ गुणे १०० रिले र ४ गुणे ४०० रिलेमा गोल्ड मेडल र ८ मिटरमा कास्य पदक जितेका थिए । त्यस्तै सिमन पाण्डेले १०० मिटर, ४०० मिटर,४ गुणे १०० मिटर रिले, ४ गुणे ४०० मिटर रिलेमा गोल्ड मिडेल जितेका थिए । गारखाकै लेखनाथ महरले ४ गुणे १०० मिटरको रिले र ४ गुणे ४०० रिलेमा गोल्ड मेडल र ८०० मिटरमा रजत पदक जितेका छन् । उनीहरु सबैले एथलेटिक्समा पदक जितेका हुन । कवडीमा गोरखा माविका अभय शाहले रजत पदक जितेका छन् ।

महेन्द्रमाविका वलीले पनि जिते स्वर्ण
राष्ट्रिय प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय तुलसीपुरका बेदबहादुर वलीले १०० गुणे ४ मिटर रिलेमा स्वर्ण पदक जितेका छन् । सम्मान कार्यक्रममा सबै खेलाडी भने उपस्थित थिएनन् । गोरखा माविका दुई जना खेलाडी काठमान्डौंको वन्द प्रशिक्षणमा रहेको हुँदा उक्त अवसरमा सहभागी हुन नसकेको विद्यालयका खेल प्रशिक्षक मोहन सुनारले फरक कोणलाई बताए ।

कार्यक्रममा गोरखा माविका खेल प्रशिक्षक मोहन सुनार र महेन्द्र माविका प्रधानाध्यापक जितबहादुर थापालाई पनि प्रात्साहान स्वरुप मेयर घनश्याम पाण्डले सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि मेयर पाण्डेले पदक जित्न सफल खेलाडीलाई थप प्रगतीको लागि शुभकाना दिएका थिए । खेलले मानिसलाई निरोगी, फुर्तिलो बनाउनुका साथै देश विदेशमा चिरपरिचित बनाउन सघाउन हुँदा खेललाई जीवन पद्धती बनाउन सुझाएका थिए । तुलसीपुरलाई स्पोर्ट सिटीको रुपमा विकास गर्ने गरि भौतिक पूर्वाधार विकासमा तीव्रता दिइएको उनले दाबी गरे ।

तुलसीपुर उपमहानगरपालिकाका युवा तथा खेलकुद संयोजक अमर नेपालीको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य दिपक कुमालको स्वागत मनतव्यवाट सुरु भएको थियो भने सहजीकरण सूचना अधिकारी झरेन्द्र खलेरले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal