२०८३ असार २७ गते शनिवार

दाङ देउखुरी ग्यास बिक्रेताको अध्यक्षमा श्रेष्ठ

घोराही, २५ साउन ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको अध्यक्षमा युवा ब्यवसायी सन्तोष श्रेष्ठ चयन भएका छन् । शनिबार घोराहीमा भएको विशेष साधारणसभाले यसअघि भएको निर्वाचनमा सर्बसम्मत भएका श्रेष्ठलाई माईन्युट हस्तान्तरण गरि पदभार ग्रहण गराइएको छ ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा दाङ उद्योग वाणिज्य संघका महासचिव तथा संघका संस्थापक अध्यक्ष नरेश कार्कीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहको विशिष्ठ आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा बोल्ने बक्ताहरुले ब्यवसायिक एकता अनिवार्य रहेको भन्दै जिल्लामा रहेका सबै ग्यास बिक्रेताहरुलाई संघमा एकताबद्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रीय सदस्य लालबहादुर केसी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, संघका प्रदेश सचिव सचिन पौडेल, सल्लाहकार ठाकुर सुवेदी, व्यवसायी, शरद कुमार आचार्य, प्रकाश खनाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा संस्थापक अध्यक्ष नरेश कार्कीले वर्तमान अध्यक्ष सन्तोष श्रेष्ठलाई पदभार गराएका थिए ।

यसैबीच संघको उपाध्यक्ष लालमणि आचार्य, सचिव यादव श्रेष्ठ, कोषाध्यक्षमा तिलक बहादुर रोका क्षेत्री र सहसचिवमा लोकबहादुर वली सर्वसम्मत चयन भएका छन् । त्यसैगरी संघको सदस्यहरुमा गोपाल आचार्य, शेषमणि खनाल, रमेश चौधरी, कोमलराज पाण्डे र महिला सदस्यहरुमा माया बेल्वासे, ईश्वरा लम्साल चयन भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ साउन २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *