२०८२ मङ्सिर २४ गते बुधवार

कपडा बैंक सञ्चालकको अपिल – ‘पुराना कपडा धोएर ल्याइदिनुहोस’

फाइल तस्बिर

दाङ, साउन २३ । दाङ तुलसीपुरस्थित सित्तैमा कपडा लैजान पाइने कपडा बैंकका सञ्चालकले नगरवासी लगाएत सबैमा आँफुसंग रहेका पुराना कपडा धोएर ल्याइदिन अपिल गरेका छन् ।

साउन २१ गते मंगलवारेदखि सञ्चालमा ल्याइएको गरिव दुःखी लत्ता कपडा साहेता केन्द्रका सचिव प्रकाश भट्टले कपडा बैंकमा कपडाको अभाव भएको हुँदा सबैलाई आ–आफ्नो घरमा रहेका तर प्रयोगन गर्ने मिल्ने पुराना कपडा धोएर ल्याइदिन अपिल गरेका छन् । ‘कपडा खोज्न आउनेहरुको संख्या अत्यधिक छ । नपुगेर हामीले आज केही फेन्सि पसलहरुमा आग्रह गरेर कपडा ल्याएर बाँड्नु पर्यो,’ सचिव भट्टले भने । दुई दिन अगाडि मात्रै सञ्चालनमा आएको साहेता केन्द्रमा कपडा खोज्न आउनेको संख्या अत्यधिक बढेपछि कपडा सकिएको छ ।

सचिव भट्टले भने –‘यतिधेरै मानिसहरु कपडा खोज्न आउँछन् भन्ने हामीले सोचेका थिएनौं। हामीले जम्मा गरेको कपडा एकै छिनमा सकिन्छ । अब सबै नगरबासीले मानविय नाताले घरमा रहेका कपडा धोएर ल्याइदिन हामी विषेश आग्रह गर्न चाहान्छौं ।’

परोपकारी मन भएका युवाहरुले राजधानी लगाएका ठूला सहरहरुमा निशुल्क रुपमा कपडा छानेर लैजान पाइने कपडा बैंक सञ्चालनमा ल्याएपछि त्यसले समाजमा निकै सकारात्मक चर्चा बटुलेको थियो । त्यसको सिको गर्दै दाङमा पनि पहिलो पटक तुलसीपुरमा त्यस्तै कपडा बैंक यहाँका यातायात व्यवसायी, कर्मचारी र मजदुर मिलेर सञ्चालनमा ल्याएका छन् । यस्तो कपडा बैंक सञ्चालनमा आएको दिनदेखि नै कपडा बैंकहरुमा कपडा खोज्ने मानिसहरुको बाक्लो जमघट हुने गरेको छ ।

प्रकाशित मिति : २०७६ साउन २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *