२०८३ साउन २९ गते शुक्रवार

रोल्पामा चट्याङबाट एक जनाको मृत्यु


दाङ, साउन २९ ।

रोल्पामा चट्याङ बाट एक जनाको मृत्यु भएको भएको छ ।

जिल्लाको लुङ्ग्री गाउँपालिका –१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्लाका निमित्त प्रबक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए ।


प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति साढे ८ बजेतिर खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर बेहोस भएका थिए । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पाङमा पुर्‍याउँदा स्वास्थ्यकर्मीले राति ९ बजेतिर मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०८३ साउन २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *