
तस्बिर : राजेश खत्री
बालाराम खड्का,
तुलसीपुर, साउन १३ । ट्राफिक प्रहरीले यातायात व्यवस्थानमा मुख्य समस्या साघुरो सडकको संरचना र छाडा चौपायाँ भएको बताएको छ । सडक साधुरो हुँदा यातायातका साधनहरु पार्कीङको समस्या हुनुका साथै छाडा चौपायाँहरु, जथाभावी ठेलाहरुका व्यपारले गर्दा दुर्घटना जोखीम बढाएको ट्राफिक प्रमुख चन्द्र केसीले बताए । ‘हामीहरु निरन्तर ट्राफिक व्यवस्थानमा छौं, थोरै जनशक्तिले कहाँ कहाँ हेर्ने बाटो साघुरो छ । त्यहि बाटोमा पैदल यात्रु छाडा चौपायाँ ठेला व्यापार समस्या छ –केसीले भने ।
उपमहानगरपालिकाले यातायाता व्यवस्थापनको लागि छुटै पार्किङको व्यवस्था र छाडाचौपायाँ नियन्त्रणको लागि योजना ल्याउनु पर्ने उनले सुझाव दिए । ट्रफिक प्रहरी कार्यालय तुलसीपुरले आर्थिक बर्ष २०७५÷०७६ मा ५९ लाख बढी राजश्व संकलन गरेको जनाएको छ । दुर्घटना न्यूनिकरण र ट्राफिक व्यवस्थापनलाई चुस्त दुस्त गराउन लागी परेको ट्राफिकले आर्थिक बर्ष २०७४÷०७५ मा भन्दा उल्लेखनिय राजश्वमा बृद्धि गरेको दावि गरेको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा सवारी नियम विपरित सवारी सधान चलाउने बाट कारवाहि स्वरुप ५९ लाख २४ हजार राजश्व संकलन गरेको जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ मा दुर्घटना बढेपनि यस बर्ष भने दुर्घटना काम भएको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक बर्षमा सवै भन्दा धेरै ज्यान जानेगरी तुलसीपुर–३ राम्रीमा ठुलो दुर्घटना हुँदा २३ जनाको एकै स्थानमा ज्यान गएकाले दुर्घटनामा मृत्यु हुनेको संख्या बढेपनि अघिल्लो बर्ष भन्दा कम दुर्घटना भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ मा ठुला साना गरि ९३ वटा दुर्घटना भएको र दुर्घटनामा ४४ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले बताए । जसमा ८७ जना घाइते भएका छन् । त्यस्तै गएको आर्थिक बर्षमा ६ सय २३ जना नियम विपरित हर्न बजाउनेलाई कारवाही गरेको र ३ लाख २४ हजार ५ सय राजश्व संकलन भएको जनाएको छ । मंसिर १६ गते देखि तुलसीपुरमा हर्न निषेध गरिएको थियो । जसमा धेरै जसो मोटसाइलक २ सय ९१ जनालाई कारवाहि गरिएको केसीले बताए । उनीहरुलाई पाँच सय १५ सय सम्म जरिमाना गरिएको छ । त्यसैगरी गत आर्थिक बर्षमा सवै भन्दा बढी मोटरसाइलक कारवाहिमा परेका छन् ।
५ हजार ३४ मोटरसाइकल कारवाहिबाट २८ लाख ५ लाख ५ हजार रुपौयाँ, १३९८ टेक्टरबाट ७ लाख ८४ हजार ५ सय, १३ सय ३६ जिपकारवाट ७ लाख ४३ हजार रुपौयाँ राजश्व संकलन भएको ट्राफिक प्रमुख केसीले जानकारी दिए । त्यसैगरी १ हजार २२ वटा बसलाई कारवाहिबाट ५ लाख ९१ हजार ५ सय रुपौयाँ , टेम्पो र अटो ६ सय ३३ कारवाहिबाट ६ लाख ६ हजार ५ सय राजश्व संकलन गरेको बताएको छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि गत बर्ष विभिन्न स्थानमा पार्किङ व्यवास्थापन जेव्राक्रसिं , प्रत्यक महिनाको १५ गते चालकहरुलाई बर्षपार्कमा प्रशिक्षण दिने गरेको र प्रत्येक महिना ५ गते अटोचालकहरुलाई अफिसमा अनुशिक्षण कार्यक्रम गर्ने गरेको ट्राफिकले जनाएको छ । यता घोराही क्षेत्रमा पनि छाडा चौपायको मुुख्य समस्या छ । बजार क्षेत्रमा छाडा रुपमा छोडिएका पशु चौपायले यातायाता व्यवस्थामा समस्या देखा परेको छ ।
पशु चौपायको कारण दुर्घटना समेत हुने गरेको छ । विगतमा छाडा चौपायलाई उपमहानगरपालिकाले काञ्जिहाउँसमा राख्ने गरेको थियो । तर अहिले त्यो पनि हुन सकेको छैन । उपमहानगरपालिकाले छाडा पशुको व्यवस्थापनको लागि योजना बनाएपनि त्यो प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेको छैन । जिल्लामा मात्र दैनिक सयौ सवारी साधन चल्ने गरेका छन् । जनशक्तिको अभाव र अर्कोतिरको छाडा पशु चौपायको कारण पनि सडक दुर्घटना हुने गरेको छ ।
हामीसँग जनशक्ति कम छ । अर्कोतिर बजार क्षेत्रमा छाडा पशु चौपायको समस्या छ’ एक प्रहरी अधिकारीले भने ‘ त्यो कारण दुर्घटनाको सभावना पनि त्यतिकै छ ।’ उनका अनुसार छाडा पशु चौपायको समस्या समधानको लागि पटक पटक छलफल र सवाद भएपनि त्यो अझै रोकिन सकेको छैन ।