
काठमाडौँ, साउन १३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजाअनुसार, ३ हजार ६७ जनाले ३.६१ देखि ४.०० जीपीए प्राप्त गरेका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी भएका थिए ।
नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।
३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ ।
३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ ।
२.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।
१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् ।
१.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् ।
सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए ।
बोर्डले वेबसाइटहरु neb.gov.np, neb.ntc.net.np, edusanjal.com, theconnectplus.com, ekantipur.com बाट नतिजा हेर्न सकिने जनाएको छ। त्यस्तै NEB लेखि एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर टाइप गरी १६००, वा ३५००१ वा ३१००३ मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।