२०८३ असार १५ गते सोमवार

तुलसीपुर एयरपोर्ट नकिजै दुई मोटरसाइकल आपसमा ठोक्किदा २ जना घाइते


तुलसीपुर, असार १५ ।
तुलसीपुर एरपोर्ट नजिकै दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जना घाइते भएका छन् ।
घाइते मध्य एक जनाको अवस्था गम्भीर छ ।
दुर्घटनाका घाइते मध्य तुलसीपुर उपमहानगरपालिका – १२ का २८ बर्षीय भुवन केसीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक असिम हमालले जानकारी दिए ।
दुर्घटनामा परि २४ बर्षीय रोषण बस्नेतपनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको हमालले बताए । उनको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइ रहेको छ ।
सोमबार बिहान ११ बजेतिर केसी सवार रा ७ प ९९१९ नम्बरको मोटरसाइकल र बस्नेत सवार रा ४ प ४०४८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
राप्ती राजमार्ग अन्तर्गत तीब्र गतिका दुई मोटरसाइकल मध्य दुई मोटरसाइकल बिपपरित दिशा अर्थात एउटा तुलसीपुर बाट दक्षिण तर्फ र अर्कौ उत्तर बजार तर्फ जाँदै थिए ।
दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *