२०८१ मङ्सिर १९ गते बुधवार

मौलाउँदै छन् बनमाराका बोटहरु 


 –विशाल गुप्ता
 
विधिको बिधान फेर्न सकिन्न  
थुकेर आकासमाथि हेर्न सकिन्न
वडो गजवको छ संसारको दृश्य
वर्तमान अन्धकारमै छ खोज्छन् सबै भविष्य

उदेश्य के लिनु उडि छुनु चन्द्र एक
थरिथरिका मान्छे रुप रंग अनेक
पहाड, मधेस भन्थे मिलेर बसेका नेपाली
मेचि रुँदा रुन्थ्यो अवश्य काली

तर आज मेचि अंहकारमै छ काली कराईरहेछ
नेपाली आफ्नै आँगन छोड्दा हराइ रहेछ
परेड खेलिदैछन् विदेशी बुटहरुका
देखिदैछन् चर्तिकला टाइशूटहरुका
आफ्नै आमाका बस्त्र खोलिदैछन्

परेवा लखेटिदै बाज ओइरिदैछन्
पुजेर खुसी हुँदैनन् भगवान चाहे सातै बार यहाँ
जति पुजे  पनि प्रकट हुँदैन भग्वानको अबतार यहाँ
बोलेको सुनेको छौँ  तिम्रो दुखमा ढुङ्गा कहिल्यै
सुनेन ढुंगाले कहिल्यै गर्दथ्यौ पुकार तिमीले जहिल्यै ।।

ढल्दैछन् सतिशालका रुखहरु मौलाउदैछन् बनमाराका बोट
व्यवस्था बदलियो अवस्था बदलिएन मौलाउँदैछन चोट
उठ जाग चम्क हे नेपाली विरहरु
लम्पसार होइन उठाउ शिरहरु ।।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *