काठमाण्डौ,फागुन १८ । साहित्यकार बि के पाल्पाली (विजय पोखरेल ) को निधन भएको छ ।
वि.स.२०३२ सालमा पाल्पामा जन्मनु भएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो ।
धेरैजसो हाइकु लेखनमा सक्रिय उनी साहित्यसँगै पत्रकारिता पनि गर्दथे । उनी कानुन व्यवसायी समेत थिए । दुई वटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उनले मिर्गौलाको उपचार गराउँदै आएका थिए ।
पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती छन। उनकी श्रीमती रेणुका भट्टराई पनि साहित्यकार हुन ।
प्रकाशित मिति : २०७८ फाल्गुन १८ गते बुधवार