
नेपालगंज, माघ २० । नेपालगंजमा जारी मेयर कपअन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा छात्रतर्फ जय बागेश्वरी इंग्लिस मेडियम स्कूल र नेपालगंज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगंज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्याण्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजितगर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
जय बागेश्वरीले ड्रिमल्याण्डलाई १–० गोलले पराजित गरेको हो । खेल शुरु भएको ७औ ंमिनेटमा जय बागेश्वरीका पुष्कर साउदले गरेको गोल नै निर्णायक भयो ।
यो खेलमा साउद नै म्यानअफ द म्याच भए । अर्को खेलमा सेन्ट जेभियर्सले सेन्ट थोमसलाई २–१ गोलले पराजित ग¥यो । १२ मिनेटमा पुष्कर भण्डारीको गोलबाट सेन्ट जेभियर्सले अग्रतालिएको थियो । ४५ मिनेटमा विपिन खड्काले गोल गर्दै टीमको अग्रता अझ बढाएका थिए । सेन्टथोमसका निशान्त यौपानेले ५५ मिनेटमा गोल गरेका थिए ।
अन्तिमतिर गोल गरेर आक्रामक बनेको सेन्ट थोमसले त्यसपछिका अवसर खेर फाल्दा पराजितहुन पुग्यो । यो खेलमा जेन्ट जेभियर्सका निशान्त शाही म्यादअफ द म्याच घोषित भए ।
प्रतियोगितामा २८ वटा स्कूलले भाग लिएका छन् । नेपालगंज उपमहानगरपालिका वडा नं. १ को एन्फा ग्रास रुट टे«निङ सेन्टरमा प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको विजेताले २१ हजार उपविजेताले ११ हजार प्राप्तगर्ने छन् ।
