२०८२ मङ्सिर २२ गते सोमवार

दमारगाँउमा जारी नगर स्तरिय फुटबल प्रतियोगिता फाईनलमा


लक्ष्मण बस्नेत,तुलसीपुर,कात्तिक २० । तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ स्थित दमारगाँउमा जारी नगर स्तरिय पुरुष फुटबल प्रतियोगिता २०७९ को फाइनलमा प्रवेश गरेको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा नं. ३ को आयोजनामा संचालित प्रतियोगिताको आईतवार बिहान सम्पन्न सेमिफाइनल खेलमा वडा नं. ७ लाई ट्राईवेकरमा तिनका विरुद्ध चार गोलले पराजित गर्दै वडा नं. १५ ले फाइनल यात्रा तय गरेको हो ।

उल्लेख दर्शकको उपस्थितिमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समय सम्म एक एक गोलको बराबरी भएपछी नतिजा ट्राईवेकरबाट निकालिएको थियो ।

यसैबिच प्रतियोगिता अन्तरगत आज दिउँसो २ बजे हुने दोस्रो सेमिफाइनलमा वडा नं. ८ र ६ भिड्ने एन्फा रेफ्री शिवहरी शर्माले जानकारी दिए ।

प्रतियोगिताको बिजेता ले नगद ६५ हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ३० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी लाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा तुलसीपुर नगर क्षेत्रका १२ टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *