२०८३ जेष्ठ ३० गते शनिवार

लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो छनौट सुरु

तुलसीपुर, पुस ८ । लुम्बिनी प्रदेश स्तरिय तेक्वान्दो छनौट प्रतियोगिता बिहिवार देखि दाङको तुलसिपुरमा सुरु भएको छ।
नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सासद माननीय संकर गिरिले गरेका हुन् ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै सासद गिरिले खेलकुद मानव जिवनको अभिन्न अंग भएको बताउनु भएको छ।
मानव स्वास्थ्य संगै रास्ट्रको शान र गौरव उच्च राख्ने खेलकुद नै हो यसर्थ यो जिवनको अभिन्न अंग हो उनले भने । यसको उच्च आदर्श लाई खेलाडी ले आत्मसात गर्नु पर्ने उनको भनाई छ ।

मैले सिङ्गो खेलकुद लाई आफू नखेलेर पनि गर्व लाग्ने थलोको रुपमा बुझेको छु यसमा उच्च अनुशासन र सम्मान छ जसले जीवनको हरेक पद्धति लाई सुन्दर बनाईदिन्छ उनले भने साथै उनले आफू खेलकुद क्षेत्र संग जोडिएरै खेल बिकासको उचित वातावरण निर्माणमा आफू लागि पर्ने समेत बताए ।

कार्यक्रम नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश अध्यक्ष बिमल रिजालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सासद संकर गिरिको प्रमुख आतिथ्यमा भएको थियो । सो अबसरमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश कोसाध्यक्ष तथा कार्यक्रम संयोजक मोहन सुनार ले प्रतियोगिता बारे प्रकाश परेका थिए ।

नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेश उपाध्यक्ष जित बहादुर केसिको स्वागत रहेको कार्यक्रमको संचालन महासचिव बिनिल केसि ले गर्नु भएको थियो । दुईदिन सम्म संचालन हुने प्रतियोगिताको महिला तथा पुरुष गेरुगी तर्फ ८/८ तौल समुह र पुम्से तर्फ कडा प्रतिस्पर्धा हुनेछ । प्रदेश छनौट भएका खेलाडीहरुले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको आयोजना यहि पुस १५ देखि १७ गते सम्म काठमाडौमा हुने मेयर कप रास्ट्रीय तेक्वान्दो प्रतियोगितामा भाग लिनेछन ।

प्रतियोगितामा लुबिनी प्रदेशका दाङ,बाके,बर्दिया, रुपन्देही,अर्घाखाँची,रोल्पा र प्युठानका गरि एकसय पचासी खेलाडिको सहभागिता रहेको दाङ जिल्ला तेक्वान्दो संघका सचीव बम बहादुर बिकले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *