२०८१ मङ्सिर २९ गते शनिवार

कुनै नेताले पनि एयरपोर्ट स्तरोन्नतीमा ल्याकत देखाएननः अध्यक्ष चालिसे

विसं २०११ शालमै घासे मैदानबाट सन्चालनमा आएको तुलसीपुरस्थीत टरिगाँउ विमानस्थलको स्तरोन्नती सेतो हात्तिको दांत जस्तै भएको छ ।

त्यतिवेलै रसियन कम्पनीको डकौडा विमान अवतरण गर्ने एयरपोर्ट कालो पत्रे त भयो, तर ठुला विमान अवतरण गर्न नसक्ने गरी प्राािवधिक स्टीमेटमा । नेपाल वायुसेवा निगमले कहिले जहाज नभएको त कहिले यात्रु नभएको भन्दै एयरपोर्टलाइ अस्थाइकरण गर्दै लग्यो । कहिले चल्ने त कहिले बन्द हुने नियतीले दाङबासीले नियमित हवाइ सेवा पाउन सकिरहेका छैनन् ।

निगमले बन्द गराउन खोजेको विमानस्थललाइ पुनः सन्चालनमा ल्याउन तात्कालिन अवस्थामा सवै भन्दा पहिलो पहल तुलसीपुर उद्योग वाणिज्य संघले गर्यो, निजि विमान कम्पनी मार्फत । त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले निगममै पैसा धरौटी राखेर जहाज सन्चालनको ग्यारेन्टी लियो । तर विमानस्थलमा ठुला जहाज बस्ने गरी स्तरोन्नती हुन सकेको छैन ।

विमानस्थलको स्तरोन्नती सेतो हात्तिको दात जस्तै भएको छ । यसै सन्दर्भमा पत्रकार खेमराज रिजालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे संग गरेको कुराकानीको सारसंक्षेप ।

– टरिगाँउ विमानस्थल स्तरोन्नतीकालागी तपाइले चलाएको खुत्रुके अभियान कहां पुग्यो ?

कहि पुग्या छैन, हामीसंगै छ अभियान । एयरपोर्ट स्तरोन्नतीकालागी सरकारलेनै पहल गर्छ यसपटक बजेट विनियोजन हुन्छ । तयाइहरुले यो अभियान रोकिदिनुस भनेर यहांका सांसदज्युतथा मन्त्रीज्युहरुबाट आश्वासन पाएपछि खुत्रुके अभियान रोकेका हौं ।

यस बीचमा हामी तीन पटक राजधानीमा पुगेर शहरी विकाश मन्त्री मेटमणि चौधरी, नागरीक तथा पर्यटन मन्त्री, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाइ समेत भेटेर लिखित ज्ञापन पत्र पनि बुझाइसकेका छौं । उहांहरुबाट आश्वासन पनि पाएका मन्त्री नेताहरुको प्रतिक्षामा छौं, अहिले हामी ।

यदि उहांहरुबाट फुक्लो आश्वासन मात्रै भयो भने हामीले पुनः खुत्रुके अभियानलाइ निरन्तरता दिने छौं । तर शहरी विकाश मन्त्री ज्युले आजै आउछु, भोलि आउछु भनेर हामीलाइ शान्त पारीरहनु भएको छ ।

-चालु आर्थिक बर्षको बजेट आउनु अघिनै सुरु भएको थियो, तपाइहरुको खुत्रुके अभियान, खै बजेट त ज्यादै न्युन पर्यो नी?

हो, विमानस्थल स्तरोन्नतीकालागी १ करोड ९४ लाख रुपैया परेको आधिकारीक हो । यो बजेट त एउटा समान्य कल्भर्ट बनाउन पनि अपुग बजेट हो । यति थोरै बजेट किन हालियो भन्ने सोच्दानै हास्यास्पद छ । यो अत्यन्तै लाजमर्दो कुरा हो । हामी यो बजेट देखेपछि पनि दुइपटक राजधानी गयौं ।

शहरी विकाश मन्त्री मेटमणि चौधरीले २२ करोड रुपैया शहरी विकाश मन्त्रालयको आन्तरीक कोषबाट हाल्छु र चांडै टेण्डर गरौंला भनेर यहि आएर पनि बोल्नु भएको हो । हामीसंग रेकर्ड पनि छ । उहांका स्वकिय सचिव भुमााण्डव केसीले पनि यो कुरा बताउनु भएको हो । तर यो बजेटको अझै पनि कतैपनि सुनिश्चितता भने देखिएको छैन ।

हामीलाइ उहांहरुले सुरुमा भदौ ८ गते आउछौं भन्नुभो, कहिले १२ गते त कहिले भदौ २० गते आउछौं भन्नु भो । मैले हिजो मात्रै पनि फलो गरें , चाडै आएर टेण्डर गरौंला भन्नु भएको छ । अव केहि दिनभित्रै निर्वाचन आचार संहिता लाग्ने छ । त्यो भन्दा अघि असोज ८ गते सम्म पनि बजेट सुनिश्चित भएन भने यो आर्थिक बर्षमा एयरपोर्ट स्तरोन्नतीको काम हुने छ जस्तो हामीलाइ लागेको छैन । हेरौं केहि दिन । त्यसपछि अर्को योजना बनाऔला ।

-तपाइहरु धेरै बर्ष अघिदेखि एयरपोर्ट स्तरोन्नती अभियानमा जोडिनु भएको छ । स्तरोन्नती नहुनुमा तपाइ सवैभन्दा बढि दोष कसलाइ दिनुहुन्छ?

मैले नाम काढेर यो र त्यो भन्न चाहन्न । नेपाल गन्ज र भैरहवाको राजनितिक शक्तिको नाम पनि लिन चाहन्न, नागरीक उड्ययन प्राधिकरणको नेतृत्वको पनि नाम लिन चाहन्न् । समग्रमा भन्नुपर्दा यहांको विमानस्थलको स्तरोन्नती हुन नसक्नुको प्रमुख कारक तत्व भनेका यहाबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरु नै हुन । यहांका कुनैपनि राजनेता हरुले एयरपोर्ट स्तरोन्नतीकालागी अर्थपुर्ण रुपमा बजेट हाल्ने ल्याकत राखेनन् ।

– टरिगाँउ विमानस्थलको स्तरोन्नती नभैरहेको अवस्थामा यहां त नारायणपुरमा एयरपोर्टको चर्चा चल्दै छ, प्रदेशको राजधानी गढवामा पनि एयरपोर्ट नभै नहुने होला । के एउटै जिल्लामा तीन तीन वटा एरपोर्ट दिन सक्ला सरकारले?

त्यो मलाइ थाहा छैन । मलाइ यति मात्रै थाहा छ, चलिरहेको एयरपोर्ट बन्द गराएर नयां एयरपोर्टको परीकल्पना गर्नु गलत हो । यहांको विमानस्थालको स्तरबृद्धिकालागी प्रयाप्त सरकारी जग्गा छ । सामुदायिक वनको जग्गा संगै सटेको छ । भुःवनावट पनि अव्वल छ । यति हुदाहुंदै यो विमानस्थललाइ बन्द गराएर अन्यत्रको परीकल्पना गरीन्छ भने त्यो दुस्साहस मात्रै हो ।

एउटा विमानस्थल निर्माणकालागी कम्तिमा पनि सय विगाहा भन्दा बढि जग्गा राज्यले अधिग्रहण गर्न आवस्यक हुन्छ । नारायणपुर क्षेत्रमा यति धेरै जग्गा नागरीकबाट किन्ने हैसियत मैले देख्दिन । प्रदेश राजधानीमा एयरपोर्टको कुरा स्वाभाविक होला । त्यसकालागी प्रदेशको स्थाइ मुकाममा राजधानी स्थापित हुनुपर्यो, सवै मन्त्रालय र कार्यालयहरु सर्नु पर्यो । त्यो त पछिको कुरा हो । अहिल्यै त सरकारले गर्न सक्ने भनेको त चलिरहेकै विमानस्थलको स्तरोन्नती हो ।

यहां कम्तिमा पनि ४२ सिटे जहाज अवतरण गर्नकालागी धावन मार्गको लम्वाइ कम्तिमा तेह्र सय मिटर पु¥याउनु हो । यो तत्कालै सम्भव पनि छ । यदि आवस्यक परीहालेछ भने अन्य स्थानमा पनि विकल्प खोजौला हुन्न र?

– टरिगाँउ विमानस्थलको नियमित सन्चालनकालागी विगत धेरै बर्षदेखि निरन्तर आन्दोलन गर्दै आउनुभएको छ । यो बर्ष पनि स्तरबृद्धिमा थप बजेट परेन भने के योजना बनाउनु भाछ ?

हो, तुलसीपुर उद्योग वाणिज्य संघले यहां नियमित हवाइ सेवाकालागी धेरै प्रयास गर्दै आएको छ । नेपाल वायुसेवा निगमले यहां हवाइ सेवा सन्चालनमा हात झिकेपनि उद्योग वाणिज्य संघकै पहलमा निजि विमान कम्पनीले सेवा दिन थाल्यो । हामीले टिकट समेत बेच्यौं ।

प्लेन नभरीएको अवस्थामा बांकि सिटको पैसा हामी आफैले दिने सर्तमा पनि विमान सेवालाइ निभ्न दिएका छैनौं । हो हामी अव केहि दिनकालागी मात्रै प्रतिक्षामा छौं । यदि बजेट परेन भने तुलसीपुर उपमहानगरपालिकाकै अगुवाइमा यहांका दश वटा पालिका तथा छिमेकि रोल्पा र सल्यान जिल्लाका केहि पालिकाहरुलाइ समेत आमन्त्रण गरेर सर्वदलिय÷सर्व पक्षिय बैठक बस्ने योजना बनाएका छौं ।

प्रदेश सरकार र संघिय सरकारले केहि नगरेको अवस्थामा टरीगाउ विमानस्थलको रनवे बढाउन हामी स्थानिय सरकारबाटै पनि सहयोग जुटाएर चिरो भाट्ने र रनवेको लम्वाइ बढाएर ठुला विमान चल्न सक्ने बनाउछौं । ठुला विमानले नियमित सेवा नदिएसम्म हाम्रो एयरपोर्ट आन्दोलन जारी रहने छ ।

– अन्तमा थप केहि भन्नु हुन्छ कि?

हामीले थालेको हवाइ आन्दोलन हामी व्यापारीका लागी मात्रै होइन । यहांका विरामीहरुकालागी पनि हो । राजनेता र कर्मचारीकालागी पनि हो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुकालागी पनि हो । अर्थात आम नागरीकका लागी हो ।

हामीले विमान सेवाकालागी अहिले नेपालगन्ज र भैरहवा विमानस्थल सम्म निजि गाडि भाडामा लिनु पर्ने अवस्था छ । यसमा हाम्रो कम्तिमा पनि जांदा आउंदा अतिरिक्त २० हजार रुपैया र अतिरिक्त १० घण्टा समय खर्चनुपर्ने बाध्यता छ । यस अर्थमा हामीले थालेको यो महान अभियानमा यहांका स्थानिय सरकारहरुले साथ दिनु हुने छ ।

राजनितिक दलहरुले साथ दिनुहुने छ, नागरीक समाज एवं सन्चार जगतले साथ दिनुहुने छ भन्ने मैले पुर्ण विश्वास लिएको छु ।

प्रकाशित मिति : २०७९ भाद्र २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *