२०८२ माघ १० गते शनिवार

मंगलवार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ ,साउन २३ । आज सुन चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सुन आज तोलामा एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको एक हजार चार सय २५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज तोलामा २५ रुपैयाँले घटेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *