२०८३ भाद्र १२ गते शुक्रवार

सुनचाँदीको मुल्य लगातार घट्दै

काठमाण्डौ,साउन ८ । सुनचाँदीको भाउ आज पनि घटेको छ । गएको बिहीवार अहिलेसम्मकै उच्च तोलाको एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको सुनको भाउ त्यसपछि लगातार घटेको छ ।

आज तोलामा तीन सय रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको थियो । हिजो तोलाको एक लाख १२ हजार ३ सय रुपैयाँ थियो । त्यस्तै, शुक्रवार तोलाको एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *