काठमाडौँ ,असार १३ । सुनको भाउ आज घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको एक हजार तीन सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित मिति : २०८० असार १३ गते बुधवार