२०८२ माघ १ गते बिहिवार

प्रि-ओपन सेसन ः ७.१५ अंकले बढ्यो नेप्से

काठमाडौँ ,असार १३ । बुधबार प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ। यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ।

यस अवधिमा २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोबार भएको हो।

यस सेसनमा कुल ८२ वटा कारोबार भएको हो। ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ।

बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

प्रकाशित मिति : २०८० असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *