२०८० फाल्गुन १२ गते शनिवार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं,जेठ ९ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

महासंघले हिजो सोमबारको तुलनामा सुनको मूल्य घटेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज तोलामा १० रुपैयाँले घटेर चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम भएको जनाएको छ ।

हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *