२०८३ जेष्ठ १६ गते शनिवार

शेयर बजार आज १७ अङ्कले घट्यो

काठमाडौं,बैशाख ३१ । शेयर बजार झन्डै आठ महिनायताकै तल्लो विन्दुमा झरेको छ ।

गएको असोज ९ गते शेयर बजार परिसूचक नेप्से एक हजार आठ सय १५ विन्दुमा झरेको थियो, त्यसपछि नेप्से एक हजार आठ सय ३० विन्दुभन्दा तल झरेको थिएन ।

तर आज आइतवार नेप्से १६ दशमलव ९५ अङ्कले घटेर एक हजार आठ सय २१ दशमलव ६५ विन्दुमा झरेको छ ।

आज लगानीबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय ६३ वटा कम्पनीको २७ लाख ८८ हजार कित्ता शेयर ९० करोड रुपैयाँमा कारोबार भएका छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको पाँच करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तको शेयर छ प्रतिशतभन्दा धेरै तथा दोर्दी हाइड्रो र हिमालयन ऊर्जा विकास कम्पनीको शेयर साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *