२०८१ असार ९ गते शनिवार

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले सस्तियो

काठमाण्डौ,साउन २४ । सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले सस्तो भएको छ ।

शुक्रबार ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो ।

यस्तै तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ ।

शुक्रबार प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको आजको कारोबार मूल्य ८९ हजार ५५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले सस्तो बनेर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ ।

शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *