२०८१ असार ३ गते आइतवार

सुनको भाउ ५ सय रुपैयाँले घट्यो

काठमाण्डौ,साउन २२ । सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ ।

यसले गर्दा सुनको भाउ फेरि पनि घटबढ हुन सक्ने अनुमान छ । तर अहिले पर्ख र हेरुको अवस्था रहेकाले यसै भन्न नसकिने व्यवसायीले बताएका छन् ।

यसैबीच, आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।

प्रकाशित मिति : २०७८ साउन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *