काठमाडौं,साउन २० । बुधबार सुनको भाउ तोलामा ३ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा बिक्री भइरहेको जनाएको छ।
यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ३०० र तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा खरिद बिक्री भएको थियो।
प्रकाशित मिति : २०७८ साउन २० गते बुधवार