काठमाडौं,साउन ६ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०७८ साउन ६ गते बुधवार