२०८१ बैशाख १२ गते बुधवार

सुनको भाउ तोलामा सात सय रुपैयाँ बढ्यो

काठमाण्डौ,जेठ २३ । सुनचाँदीको भाउ आज बढेको छ । सुन तोलाको सात सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन एकैदिन तोलामा पन्ध्र सय रुपैयाँले घटेर तोलाको ९३ हजार चार सय रुपैयाँमा झरेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज बढेको छ ।

अस्ति शुक्रवार ३५ रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *